चार वेदका चार उपवेद मानिन्छ- धनुर्वेद, गान्धर्ववेद, आयुर्वेद, र अर्थवेद पं. धनराज शास्त्रीले अर्थवेदका चार ठूला र दुइ ाना ग्रन्थको उल्लेख गरेका छन्[]

चार ठूला ग्रन्थ यस प्रकार छन्

  • १. अर्थोपवेद– यसको श्लोक संख्या एक लाख बताइएको छ ।
  • २.अर्थवेद– यसको श्लोक संख्या ३० हजार बताइएको छ ।
  • ३. अर्थ चन्द्रोदय– यसको श्लोक संख्या २० हजार बताइएको छ ।
  • ४. सम्पत्ति शास्त्र– यसको श्लोक संख्या एक लाख २० हजार बताइएको छ ।

दुर्ई साना ग्रन्थको उल्लेख यस प्रकार छ–

  • १. नीतिप्रभा, यसको श्लोक संख्या २७ हजार बताइएको छ ।
  • २.काश्यपेय दण्डनीति, यसको श्लोक संख्या २४ हजार बताइएको छ ।

अर्थवेदको अस्तित्त्व

सम्पादन गर्नुहोस्

रामदास गौडका अनुसार, अर्थवेदको सम्बन्धमा प्रचलित २८ वटा स्मृति ग्रन्थहरूलाई बुझ्नुपर्छ । किनभने अर्थशस्त्र विषयमा सबैले केही न केही उल्लेख अवश्य गरेका छन् । तर शुक्रनीति र कामन्दकीय नीतिसारमा वात्र्ताशास्त्रको विषयमा बढी चर्चा छ । उनले बार्हस्पत्य अर्थशास्त्रको उललेख गरेका छैनन् । यसबाट उनको दृष्टिमा यो ग्रन्थ छुटेको देखिन्छ । बृहस्पतिले अर्थशास्त्र नामको विशाल ग्रन्थ रचना गरेका थिए भनिएको छ । अर्थसूत्र ग्रन्थको प्रकृति हेर्दा त्यस्तै ठूलो ग्रन्थ हुनुपर्छ भन्ने बुझिन्छ । अर्थशास्त्र एक व्यापक शब्द हो । यसमा समाजशास्त्र दण्डनीति र सम्पत्ति शास्त्र तीनवटै कुरा समवेश छन् । वार्ता अर्थात् रोजगार सम्बन्धी कुरा सम्पत्ति शास्त्रको इष्ट विषय हो । राजनीति र शासन दण्डनीतिका विषय हुन् । वर्णाश्रम र सो का कर्तव्याकर्तव्य चर्चा समाजशास्त्रको विषय हो । स्मृति र धर्मशास्त्रमा यिनै कुरा समावेश हुन्छन् ।

नीतिप्रभा ग्रन्थमा २७ हजार श्लोक छन् । यसको रचना काश्यप ऋषिले गरेका हुन्, स्वाम्भुव मन्वन्तरको प्रथम सतयुगमा । यसमा चार प्रकरण छन्

  • १. सृष्टि उपपत्ति
  • २.वर्ण व्यवस्था वर्णधर्म, आश्रम धर्म, जाति निर्णय, क्रिया विभाग
  • ३. व्यवहार कल्प, समाजमा परस्पर कस्तो व्यवहार गर्ने, भक्ष्याभक्ष्य, राजधर्म, प्रतिग्र धर्म यज्ञ क्रिया याजन प्रकार, उपासना, दीक्षा, नित्याचार, स्त्री पुरुष व्यवहार, स्त्री अधिकार, पुरुष अधिकार
  • ४. क्रय विक्रय, विवाह विधि, निर्णय प्रकार, कलह शमन, तपः चर्चा ।
  • काश्यपीय दण्डनीति २४ हजार श्लोक । काश्यप ऋषिले स्वाम्भुव मन्वन्तरको तह्रौं त्रेतामा बनाएका हुन् । यसमा तीन प्रकरण छन् ।
  • १. शुभाशुभ विभाग, र यी दुवै को प्रतिफल, ईश्वरीय दण्ड ।
  • २. राजकीय मन्त्र, राज्य आवश्यकता, भूगोल, संसारको साम्राज्य, चक्रवर्तित्व निरुपण, राजकीय दण्ड ।
  • ३. प्रजापालन प्रकार, प्रजाको राजासंग अनुवर्तन, प्रेम, परिचय, भूमि सङ्ग्रह, प्रकार, पशुपालन, प्रकार, व्यापार, हस्तशिल्प, कृषि कर्म, काल विभाग, देश विभाग, शासन प्रणाली, आवश्यकतापूर्वक अधिकार, उपासना तत्त्व ।

आज अर्थवेद नमको कुनै ग्रनथ उपलबध छैन। यी सबैका छापिएका ग्रन्थ उपलब्ध नभएको कुरा रामदास गौडले उल्लेख गरेका छन् ।[]

सन्दर्भ ग्रन्थ सूची

सम्पादन गर्नुहोस्
  1. गौड, रामदास, हिन्दुत्त्व, प्रकाशक, शिवप्रसाद गुप्त, काशी, वि.सं.१९९५, पृ.१०२
  2. गौड, रामदास, हिन्दुत्त्व, प्रकाशक, शिवप्रसाद गुप्त, काशी, वि.सं.१९९५, पृ.१०२