अभ्यास सिद्धान्त
अभ्यास सिद्धान्त (सामाजिक अभ्यासहरूको सिद्धान्त) एक सिद्धान्त हो (वा सिद्धान्तहरूको 'परिवार') जसले समाज र संस्कृतिलाई बुझ्ने र बुझाउने प्रयास गर्दछ। ज्ञानमा आधारित अभ्यासहरू जुन धेरै नै जटिल सामाजिक संस्थाहरू गठन गर्न एक अर्कामा अन्तरसम्बन्धित रहन्छन्। सेरी अर्टनरका अनुसार[१] अभ्यास सिद्धान्त 'एकातिर मानवीय कार्यको बीचमा प्राप्त हुने सम्बन्धहरूलाई व्याख्या गर्न खोज्छ भने अर्को तिर विश्वव्यापी नियम जसलाई हामी अरुले बनाएको नियम भन्छौं त्यसलाई बुझन खोज्छ' भनि व्याख्या गरेका छन्। यसले संरचनावादी दृष्टिकोण र व्यक्तिवादी कार्य सिद्धान्तहरू बीचको शास्त्रीय सामाजिक सिद्धान्तमा द्वन्द्वको समाधान गर्न खोज्दछ। यसले व्यक्तिहरूले गर्ने कार्यहरूबाट सामाजिक घटनाहरूको व्याख्या गर्ने प्रयास गर्दछ। [२]
अभ्यास सिद्धान्त मुख्य रुपमा फ्रान्सेली सिद्धान्तवादी र समाजशास्त्री पियरे बौर्डीयोसँग सम्बन्धित छ। उनको व्यवहारको अवधारणाले अभ्यास सिद्धान्तका सिद्धान्तहरूको एक महत्त्वपूर्ण सुत्रको प्रतिनिधित्व गर्दछ।[३] बौर्डीयूले 'मानिसले सामाजिक व्यवस्थालाई कसरी स्वीकार गर्छ भन्ने धारणाको विकास गरेका हुन्। अभ्यास सिद्धान्तको रूपरेखा अल्जेरियाको स्वत्रन्तता सङ्ग्राम समयमा लेखेका एउटा मूल विषयमा आधारित पुस्तक हो।[४] उनलाई समाजशास्त्रमा मात्र होइन, मानवशास्त्र, शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक अध्ययनहरूमा पनि उतिकै महत्वपुर्ण रूपमा हेरिन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Anthropology and Social Theory: Culture, Power and the Acting
- ↑ Anthro Base, article on Practice Theory
- ↑ Pascalian Meditations, Polity, 2000. see chapter 4 especially
- ↑ Outline of a Theory of Practice. Cambridge and New York: Cambridge Univ Press, 1977