अभिषेख रिजाल एक नेपाली फुटबल खेलाडी हुन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । उनी नेपाल राष्ट्रिय फुटबल टिमका समेत एक महत्त्वपूर्ण सदस्य हुन् । अभिषेख नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् ।
अभिषेख रिजालले नेपालका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल मलेसिया विरूद्व खेलेका थिए । २ जुन २०१९ का दिन मलेसियामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले वैकल्पिक खेलाडिका रूपमा नेपालका लागि डेब्यु गरेका थिए ।