अफ्गानिस्तानमा फुटबल

फुटबल अफ्गानिस्तानको दुई अत्याधिक चर्चित तथा लोकप्रिय खेल मध्येको एक खेल हो । अफ्गानिस्तानमा क्रिकेट र फुटबल खेल अत्याधिक चर्चित खेल हुन् ।.[१][२][३] सन् १९४८ देखि अफ्गानिस्तान फुटबल महासङ्घ र अफ्गानिस्तान राष्ट्रिय फुटबल टिमले फिफामा सहभागीता जनाएका थीए ।

अफ्गानिस्तानमा फुटबल
देशअफ्गानिस्तान
शासकीय निकायअफ्गानिस्तान फुटबल महासङ्घ
राष्ट्रिय टोलीअफ्गानिस्तान राष्ट्रिय फुटबल टिम
क्लव प्रतियोगिता
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

अफ्गानिस्तान राष्ट्रिय फुटबल टिमले सन् २००३ को एसिएन कप छनोट चरणमा नेपाललाई २-१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको थियो । २०११ को साफ च्याम्पियनसिपमा अफ्गानिस्तानले दोस्रो स्थान हात पारेको थियो । त्यतिबेला अफ्गानिस्तान फाइनलमा भारतसँग पराजित हुँदै उपाधि जित्न असफल रहेको थियो । भने २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भने भारतलाई नै पराजित गरी पहिलो साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको थियो ।

इतिहास सम्पादन गर्नुहोस्

 
२००८ मा अफ्गान अशम आर्मी र आईएसएएफ टिम बिचको खेल

अफ्गानिस्तानमा पहिलो फुटबल खेल चारवटा विद्यालयका टिमहरूले सन् १९२३ मा खेलेका थिए । ती चार टिमहरू मक्ट्याब हबिबियह् (Maktab Habibiyeh), मक्ट्याब इस्टेग्हल् (Maktab Esteghlal), तफ्रीह् टिम (Tafrih Team) तथा मोहजेर टिम(Mohajer Team) रहेका थिए ।

अफ्गानिस्तानको सबैभन्दा पहिलो फुटबल क्लब मह्मोउदीह् एफसी हो । यो क्लबको स्थापना सन १९३४ मा भएको थियो । यस क्लबले भारतमा फुटबल मैत्रीपूर्ण तथा अभ्यास खेलहरू खेल्नका निम्ति ३ वर्ष पछि भ्रमण गरेको थियो । जतिबेला यस टिमले भारतमा कुल १८ खेल खेलको थियो । जसमध्ये ८ खेलमा जित, ९ खेलमा हार तथा १ खेलमा बराबर गरेको थियो । अरीयाना काबुल एफसी अफ्गानिस्तानको दोस्रो फुटबल क्लब हो । जसले इरान भ्रमण गरेको थियो, जुन क्लबले कुल ३ खेल खेली १ मा जित र २ खेलमा हार बेहोरेको थियो ।

अफ्गानिस्तानले सन् १९८४ देखि २००२ सम्मको समयवधि भित्र कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाएको थिएन ।

अफ्गानिस्तान फुटबल हालको समयमा केही रूपमा निकै उत्कृष्ट हुँदै गइरहेको छ । सन् २०१३ मा अफ्गानिस्तान राष्ट्रिय फुटबल टिमले नेपालमा आयोजना भएको २०१३ साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको थियो ।

फुटबल शैली सम्पादन गर्नुहोस्

वर्तमान समयमा अफ्गानिस्तानमा मुख्य रूपमा दुईवटा लिग हुने गर्दछ । काबुल प्रिमियर लिग जसमा काबुल सहरका १२ वटा टिमहरूको सहभागीता रहने गर्दछन् । यस्तै महिला काबुल लिगमा भने १७ वटा महिला फुटबल टिमहरूको सहभागीता रहने गर्दछ ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://i.imgur.com/2Q6slko.png
  2. Hodge, Nathan (२०१३-१०-११), "Soccer Offers New Heroes in Afghanistan - WSJ", Online.wsj.com, अन्तिम पहुँच २०१५-०२-१८ 
  3. [१] वेब्याक मेसिन अभिलेखिकरण जनवरी १५, २०१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्