अफगान वायरलेस सञ्चार कम्पनी वा अफगान वायरलेस वा एडब्लूसिसि पनि भनेर चिनिने, दक्षिण एसियाको देश अफगानिस्तानको पहिलो वायरलेस वा ताररहित सञ्चार कम्पनी हो । १९९८ मा स्थापित यस कम्पनी, विभिन्न क्षेत्रीय कार्यालयहरु सहित अफगानिस्तानको काबुलमा आधारित छ । कम्पनी, संयुक्त राज्य अमेरिकाको इन्टरनेट कम्पनी, टेलीफोन सिस्टम्स इन्टरनेशनलको एक सहायक कम्पनी को रूपमा सञ्चालित थियो , जो बयात समूह र अफगान सञ्चार मन्त्रालय बीचको एक संयुक्त उद्यम हो । अफगान वायरलेसले २०१७ मा अफगानिस्तानमा पहिलो ४ जी एलटिइ सेवा सञ्चालन गर्यो, जसमा यो देशमा सबैभन्दा ठूलो निजी रूपमा रोजगार दिने कम्पनी बनेको थियो । हालैको एक तथ्याङ्का अनुसार यसका लगभग ५ मिलियन ग्राहकहरू रहेका छन् र अफगानिस्तानका सबै प्रदेशहरूमा आफ्नो सेवा सञ्चालन गर्दै लोकप्रिय बन्न सफल भएको छ ।

अफगान वायरलेस
उद्योगदूरसञ्चार [१]
स्थापित१९९८; २६ वर्ष अघि (१९९८)
स्थापनाकर्ताहरूEhsan Bayat, Stuart Bentham, Lord Michael Cecil
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
इसन बयात (अध्यक्ष)
कर्मचारी सङ्ख्या
८,००० (२०१७)
मूल सङ्गठनटेलिफोन सिस्टम इन्टरनेसनल
वेबसाइटafghan-wireless.com/

इतिहास सम्पादन गर्नुहोस्

स्थापना र इजाजत पत्र सम्पादन गर्नुहोस्

१९९८ मा अफगानिस्तानका दूरसञ्चार उद्यमी एसान बयात अफगानिस्तानको तालिबानी सरकारबाट एक विशेष इजाजत पत्र जितेको थियो , जसले देशको सञ्चार मंत्रालयसँग संयुक्त उद्यम सिर्जना गर्यो र जसलाई २०% स्वामित्व दिइएको थियो । यो सम्झौताले संयुक्त राज्य, बेलायत र स्वीडेनबाट लगानीकर्ताहरूले सम्झौताको लागि वार्ता गरेका थिए । अफगानिस्तान वायरलेस सञ्चार कम्पनी वा एडब्लूसिसि, टेलीफोन सिस्टम्स इन्टरनेशनलको सहायक कम्पनीको रूपमा स्थापित भएको थियो ।

जून २००२ मा, अफगानिस्तानमा न्युजिल्यान्डको एक सञ्जालले अफगान वायरलेसलाई सहयोग पुर्याउनको लागि यसको जीएसएम मोबाइल सञ्जाल विकास गर्न मद्दत पुर्यायो । अर्को वर्ष त्यही सञ्जालले बिलिङ प्रणाली पनि विकास गर्यो र त्यसपछि प्रतिस्पर्धात्मक कम्पनीहरू जस्तै रोशन सुरुवात भयो ।

कम्पनीमा हालैको वृद्धि सम्पादन गर्नुहोस्

२०१७ मा, अफगानिस्तान सरकारद्वरा अफगान वायरलेसलाई 'उत्कृष्ट ठूलो करदाता' पुरस्कार प्रदान गर्यो । यसले अफगानिस्तानमा पहिलो ४ जी एलटीइ सेवा २०१७ मा सुरु गरिने घोषण गरेको थियो ।[२] अफगान वायरलेसले ८,००० कर्मचारीहरूका साथ अफगानिस्तानमा सबैभन्दा ठूलो निजी रोजगार दिने संस्था भएको दावी गरेको छ । फेब्रुअरी २०१८ मा, अफगान वायरलेसले मोबाइल भुक्तानी सेवा प्रयोग गरी बिद्युत महसुल तिर्न सकिने घोषण गरेको थियो ।

प्रतिस्पर्धा सम्पादन गर्नुहोस्

अफगान वायरलेस अफगानिस्तानमा दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: रोशन, एटसलट, एमटीएन, र अफगानिस्तान टेलिकम हुन् र यी मध्य पनि यसको चिर प्रतिद्वन्दी अफगानिस्तानको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रोशन हो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अफगान वायरलेस कम्पनीको जानकारी", ब्लूमबर्ग डटकम, ब्लूमबर्ग, अन्तिम पहुँच २०१७-१०-०६ 
  2. "अफगान वायरलेसले अफगानिस्तानमा पहिलो ४ जी एलटिइ सेवा सुरू गरेको छ", आइइइ स्पेक्ट्रम, १ जून २०१७, अन्तिम पहुँच मार्च २०, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट