युरोपेली औपनिवेशिक शासन कालमा युरोपेली धार्मिक मान्यताद्वारा बन्देज लगाइएका यौन कृयाकलापहरूलाई अपधारिकरण गर्न अप्राकृतिक मैथुनको परिभाषा निर्माण गरिएको हो । विश्वबाट उपनिवेश काल समाप्त भइसक्दा पनि कतिपय देशहरूको कानुनमा अप्राकृतिक मैथुनको कसुर उल्लेख भएको पाइन्छ । [१][२]

समयौनिकताको अपधारिकरण सम्पादन गर्नुहोस्

बेलायती उपनिवेश कालमा समयौनिकतालाई अपधारिकरण गरिएको थियो । [३] बेलायती उपनिवेश हटिसकेपछि समयौनिकताको अपधारिकरण क्रमशः बदर गरिँदै गएको छ भने कतिपय देशहरूले यो उपनिवेशकालीन कानुनलाई कायम राखेका छन् । [४] [५]

प्रजनन केन्द्रित यौन सम्पादन गर्नुहोस्

यौन सम्पर्कको एक मात्र उद्देश्य प्रजनन हो भन्ने मान्यता राख्ने व्यक्तिहरूले प्रजनन उद्देश्य नरहेको मैथुनहरूलाई पनि अप्राकृतिक मैथुन ठहर गरेको पाइन्छ । प्रजननको उद्देश्य राखेर योनीमा शिश्नको प्रवेश हुने यौन सम्पर्क बाहेक गुदद्वार मैथुन, मुख मैथुन, हस्तमैथुन लगायतका मैथुन अप्राकृतिक भन्ने मान्यता रहेको पाइन्छ । [६]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Robert A. J. Gagnon, The Bible and Homosexual Practice, pp. 73–74
  2. Gagnon, Why the Disagreement over the Biblical Witness on Homosexual Practice, pp. 46–50 वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-१२ मिति
  3. "British colonialism and the criminalization of homosexuality", Cambridge Review of International Affairs। 
  4. Weeks, Jeff (जनवरी १९८१), Sex, Politics and Society: The Regulation of Sexuality Since 1800, London: Longman Publishing Group, आइएसबिएन 0-582-48334-4 
  5. "State-Sponsored Homophobia: A World Survey of Laws: criminalisation, protection and recognition of same-sex love", ILGA।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२३ मिति
  6. myetymology.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१६ मिति, Sodomy