अनमिन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अनमिन नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन हो ।
स्थापना
सम्पादन गर्नुहोस्सात पार्टी गठबन्धनको सरकार तथा युद्धरत नेकपा (माओवादी)ले सन् २००६ अगस्त ९ मा संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानलाई अनुरोध पत्र लेखे । पत्रअनुसार नेपालमा संविधान सभा निर्वाचन २०७० तथा दिगो शान्ति स्थापनार्थ संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७४० अनुसार नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को स्थापना भएको हो ।
घटनाक्रम
सम्पादन गर्नुहोस्- सन् २००६ अगस्त ९ : सात पार्टि गठबन्धनको सरकार तथा युध्दरत नेकपा (माओवादी)को संयुक्त राष्ट्रसंघका महासचिव कोफि अन्नानलाई अनुरोध पत्र लेखेका । पत्रअनुसार नेपालमा संविधानसभा निर्वाचन तथा दिगो शान्ति स्थापनार्थ गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनको स्थापना भएको ।
- सन् २००७ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७४० अनुसार अनमिनको स्थापना ।
- सन् २००८ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७९६ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २००८ जुलाई २३ : संयुक्त राष्ट्र सुरक्षा परिषदप्रस्ताव नं १८२५ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २००९ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १८६४ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २००९ जुलाई २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १८७९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २०१० जनवरी २१ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९०९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २०१० मे १५ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९२१ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २०१० सेप्टेम्बर १५ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९३९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
- सन् २०११ जनवरी १५ : नेपालबाट अनमिन फर्कने ।