अचानो
मासु काट्न अथवा दाउरा काट्नको लागि प्रयोग गरिने काठको सानो मुढा वा काठको चौडा थामलाई अचानो भनिन्छ । अचानोमा काट्ने वस्तुलाई राखेर माथिबाट धारीलो हतियारले काट्ने गरिन्छ । अचानो बनाउनका लागि कडा काठ जस्तै टीक, ओखर, सख्वा उपयुक्त हुन्छ । अचानो माथि हतियारले प्रहार गर्दा अचानोको सतह सजिलै नचोइटिने हुनुपर्छ । यसका लागि अचनोको सतह अनुसारकै हतियार प्रयोग गर्न सकिन्छ ।
अचानो | |
चीनको एक रेस्टुरेन्टमा भएको अचानो | |
---|---|
बनोट आकार | आवश्यक अनुसार |
बनाउने साधन | काठ |
प्रयोग | मासु काट्न अथवा दाउरा काट्नको लागि |
मुख्य प्रचलित क्षेत्र | विश्वव्यापी |
कामको प्रकृति हेरेर अचानो विभिन्न आकार र ओजनका हुन्छन् ।