अंगिरा अथवा अंगिरस पौराणिक कालका एक ऋषि थिए । हिन्दू धर्मको धार्मिक मान्यता अनुसार अंगिरस ऋषिलाई अंगिरस गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

परिचय सम्पादन गर्नुहोस्

अंगिरा ऋग्वेद ऋषि हुन् । उनलाई अंगिरस वा भिक्षु अंगिरस पनि भनिन्छ । उनलाई सप्तर्षिमध्येका एक मानिन्छ ।

पत्नी र सन्तान सम्पादन गर्नुहोस्

अंगिराकी पत्नीको नाम श्रद्धा बताइएको छ । अर्को कुरा जुन अंगिरससंग सम्बन्धित छ त्यो के हो भने देवगुरु बृहस्पतिलाई उनको सन्तान मानिन्छ । बृहस्पतिलाई अर्थशास्त्रको ज्ञान दिने प्रथम गुरु भनिन्छ । उनले इन्द्रलाई दिएको उपदेशलाई बार्हस्पत्य अर्थशास्त्र भनिएको छ ।[१]

ब्रह्माका मानस पुत्र सम्पादन गर्नुहोस्

उनको अर्को उपमा छ त्यो के भने उनी प्रजापित ब्रह्माका मानस पुत्र हुन् । मानस पुत्रको सांकेतिक अर्थ प्रिय शिष्य पनि हुन्छ । ब्रह्माले सर्वाधिक मेधावी व्यक्तिको रूपमा अंगिराको उल्लेख गरेका छन् । यस अर्थमा उनी ब्रह्मारचित नीतिशास्त्रका गम्भीर अध्येता हुन सक्छन् ।

अन्यत्र उल्लेख सम्पादन गर्नुहोस्

ऋषि वामदेव, अंगिरस, र भारद्वाजको नाम विनयपिटकमा पनि ससम्मान उल्लेख छ ।

मन्त्र दृष्टा सम्पादन गर्नुहोस्

ऋषि अथर्वणसंग मिलेर उनले आगो आविष्कारमा योगदान गर्नुका साथै अथर्ववेदका अनेकौँ मन्त्रहरु रचना गरेको भनिन्छ ।[२] अथर्ववेदलाई कहिले काहीं अर्थवेद पनि भन्ने गरिन्छ । अंगिराका नामबाट स्मृति ग्रन्थ पनि पाइन्छ ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य सन्दर्भ सम्पादन गर्नुहोस्

[३]http://hi.bharatdiscovery.org/india/ऋषिमुनि[dead link]

http://hi.bharatdiscovery.org/india

  1. https://archive.org/details/brihaspatisutrao00brharich
  2. ऋग्वेद संहिता, भाग १ र भाग २ वि.स.२०६७, सं. प्रसन्न चन्द्र गौतम, कुलचन्द्र गौतम स्मृति संस्था, काठमाडौँ ।
  3. https://archive.org/details/brihaspatisutrao00brharich