अक्षांश
भूगोलमा पृथ्वीको सतहमा पूर्वदेखि पश्चिमतिर खिचिएका काल्पनिक रेखालाई अक्षांश भनिन्छ जसले कुनै ठाउँ पृथ्वीको कति उत्तर वा दक्षिणमा पर्दछ भन्ने कुरा जनाउँदछ ।
पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोडेर पृथ्वीको केन्द्रबाट कोरिएको रेखामा लम्ब बनाई केन्द्रविन्दुबाट सीधा पर्ने सतहलाई शुन्य डिग्री आधार मानी अक्षांश रेखा कोरिएको हुन्छ। शुन्य डिग्रीको अक्षांश रेखालाई भूमध्य रेखा वा विषुवत रेखा भनिन्छ। [१] अक्षांश रेखा बृत्तको रूपमा रहेका हुन्छन्। हरेक डिग्रीमा खिचिने यी रेखा उत्तरमा ९० र दक्षिणमा ९० बटा हुन्छन्।

Sign in northern Vermont
नामाकरण भएका अक्षांश रेखाहरूसम्पादन
भूमध्य रेखा बाहेक अन्य केही अक्षांशहरू महत्त्वपूर्ण मानिन्छन्।
कुमेरू बृत्त (Arctic Circle) 66° 33′ 39″ N कर्कट रेखा (Tropic of Cancer) 23° 26′ 21″ N भूमध्य रेखा(Equator) 0° Latitude मकर रेखा (Tropic of Capricorn) 23° 26′ 21″ S सुमेरू बृत्त (Antarctic Circle) 66° 33′ 39" S
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Physical Geography, Penguin Publication
विकिमिडिया कमन्समा अक्षांश सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।