मायादेवी गाउँपालिका
मायादेवी नेपालको प्रदेश नं. ५ को कपिलवस्तु जिल्लाबाट पूर्व दिशाको १० कि.मी. दुरीमा पर्ने एक गाउँपालिका हो। मायादेवी गाउँपालिका सङ्घीय शासन प्रणाली अनुसार विक्रम सम्वत् २०७३ फल्गुण २२ मा गठन भएको हो। मायादेवी गाउँपालिकाको पश्चिम दिशामा यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिका पर्दछन। गाउँपालिकाको पूर्वमा शुद्धोधन गाउँपालिका पर्दछ। मायादेवीको दक्षिण भागमा उत्तर प्रदेश भारतको अलिगढवा पर्दछ भने उत्तर दिशामा बाणगंगा नगरपालिका रहेको छ।[१]
मायादेवी | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ५ |
जिल्ला | कपिलवस्तु जिल्ला |
वडा संख्या | ८ |
स्थापना | २०७३ फल्गुण २२ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | बजरंगी प्रसाद कुर्मी (फोरम) |
• उपाध्यक्ष | गिता तिवारी (नयाँ शक्ति पार्टी, नेपाल) |
क्षेत्रफल | |
• जम्मा | ८८.५३ किमी२ (३४.१८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४८,२१८ |
• घनत्व | ५४०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७६ |
केन्द्र | साविक पकडी गाविसको कार्यालय |
वेबसाइट | www |
मायादेवी गाउँपालिका साविकका ८ गाविसहरू क्रमश: फुलिका, अभिरावा, पकडी, डुमरा, बलुहवा, हरनामपुर पिपरा र विजुवा लाई समावेश गरेर घोषणा गरिएको हो। कुल ८८.५४ वर्ग कि.मी. क्षेत्रफल रहेको मायादेवी गाउँपालिकाको केन्द्र साविक पकडी गाविसको कार्यालयमा रहेको छ।[२]
रानी मायादेवीले गौतम बुद्ध भगवानलाई लुम्वीनीमा जन्म दिनुभएकोले गाउँपालिकाको मायादेवी नाम राखिएको स्थानीयहरूको मान्यता छ। मायादेवी गाउँपालिकाको वडा नं. ७ मा पुरातात्विक महत्त्वको करमहवामाकोट छ। त्यस्तै मायादेवी गाउँपालिकाको वडा नं. ५ मा ऐतिहासिक तथा धार्मिक सिसहनियाकोट रहेको छ। गाउँपालिकामा उर्दु भाषाको महिला कलेज रहेको छ। उत्पादनको हिसावले व्यवसायिक बाख्रापालन, गाईपालन, माछापालन तथा गहुँ र धान जस्ता उत्पादनमा गाउँपालिका पहिलो स्थानमा छ। मायादेवी गाउँपालिकाको उत्पादनले मात्र जिल्लालाई धान्न सक्ने उत्पादनहरू उब्जाउने खुबी राख्दछ।[३]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२०।
- ↑ "मायादेवी गाउँपालिका", गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच १७ अप्रिल २०२०।
- ↑ "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२०।