पुतलीबजार नगरपालिका
पुतलीबजार नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य उत्तरी क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो।[३] साविक स्याङ्जा पुतलीबजार, गणेशपुर, चण्डिकालिका, सातुपसल र करेण्डाँडा गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर, राङभाङका (१-३,९) वडाहरू, पेल्काचौरका (१,२,४-८) वडाहरू पौवेगौडे, र टक्सार गाउँ विकास समितिहरूलाई समेटेर पुतलीबजार नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो।[४]
पुतलीबजार | |
---|---|
निर्देशाङ्क: २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°Eनिर्देशाङ्कहरू: २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | स्याङ्जा पुतलीबजार, गणेशपुर, चण्डिकालिका, सातुपसल र करेण्डाँडा |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर, राङभाङ (१-३,९), पेल्काचौर (१,२,४-८), पौवेगौडे र टक्सार |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• मेयर | सीमा कुमारी क्षेत्री[२] |
• उप मेयर | महेश पुरी |
क्षेत्रफल | |
• जम्मा | १४७.२१ किमी२ (५६.८४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४४,८७६ |
• घनत्व | ३००/किमी२ (७९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | पुतली बजार नगरपालिकाको कार्यालय |
वेबसाइट | पुतलीबजार नगरपालिका |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर राङभाङका (१-३,९) वडाहरू, पेल्काचौरका (१,२,४-८) वडाहरू पौवेगौडे, र टक्सार गाविसहरूलाई मिलाएर पुतलीबजार नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। नेपालको राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पुतलीबजार नगरपालिकाको जनसङ्ख्या ४४,८७६ रहेको छ।[५][६]
भू-वनोट सम्पादन गर्नुहोस्
पुतलीबजार नगरपालिकामा १४ वडाहरू रहेका छन्। पुतलीबजारको कुल क्षेत्रफल १४७.२१ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको पूर्वमा तनहुँ र कास्की जिल्ला पर्दछन् भने पश्चिममा आँधिखोला, अर्जुनचौपारी गाउँपालिका र भीरकोट नगरपालिका छन्। यसको उत्तरी भागमा कास्की जिल्ला र फेदीखोला गाउँपालिका छन् भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका र बिरुवा गाउँपालिका पर्दछन्।[७]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४।[dead link]
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, २०७२ मंसिर २४, अन्तिम पहुँच २०७२ मंसिर २४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।