अर्जुनचौपारी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति हो।[१][२] यो गाउँ विकास समिति जिल्ला सदरमुकाम देखि करिब १० कि.मि. पश्चिममा अवस्थित छ। यो गाविसको अक्षांसीय स्थिति २८ डिग्री १६ मिनेट उत्तरदेखि २८ डिग्री २२ मिनेट उत्तर र देशान्तरीय स्थिति ८३ डिग्री ५३ मिनेट पूर्वदेखि ८३ डिग्री ७९ मिनेट पूर्वसम्म रहेको छ। यो गाविसको भौगोलिक धरातल समुद्र सतहदेखि न्यूनतम ६०० मिटर र अधिकतम १९४५ मिटरसम्म वितरित छ। यस गाविसको पूर्वमा पुतलीबजार नगरपालिका, पश्चिममा ढापुक सिमलभञ्ज्याङ गाविस, उत्तरमा सतौदरौंरापाकोट गाविस र दक्षिणमा खिलुङ देउराली गाविस पर्दछन्। यस गाविसको क्षेत्रफल करिब २० वर्ग कि.मि. रहेको छ। अर्जुनचौपारी गाविसको जनसङ्ख्या ६,३०७ रहेको छ।[३]

अर्जुनचौपारी
स्याङ्गजा जिल्लाको नक्शामा अर्जुनचौपारी
स्याङ्गजा जिल्लाको नक्शामा अर्जुनचौपारी
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी अञ्चल
जिल्लास्याङ्जा जिल्ला
क्षेत्रफल
 • जम्मा१९.२६ किमी (७.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,३०७
 • घनत्व३३०/किमी (८५०/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री मगर गुरुङ नेवार
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  2. "अर्जुनचौपारी गाविस (संक्षिप्त परिचय)", मेरो स्याङ्जा डटकम, १६ बैशाख, २०६७, अन्तिम पहुँच १६ बैशाख [dead link]
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्