आँधीखोला गाउँपालिका

स्याङ्जाको एक गाउँपालिका

आँधिखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुलका (१,२,४-६,८,९) वडाहरू, फापरथुम, चिलाउनेबास, विचारीचौतारावाङसिङ देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँधिखोला गाउँपालिका घोषणा गरिएको हो ।[४] आधिखोला गाउपालिका 4 बाङ्सिङ, श्रावण कुमार टोलमा श्रावण कुमार मन्दिर रहेको छ, जसमा बालाचतुर्दसीको दिन मेला लाग्ने गर्छ

आँधिखोला
आँधिखोला
आँधिखोला
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ फाल्गुण २७
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसुधिरकुमार पौडेल (एमाले)
 • उपाध्यक्षशर्मिलादेवी पौडेल क्षेत्री (एमाले)
क्षेत्रफल
 • जम्मा६९.६१ किमी (२६.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,५८९
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको सेतीदोभान गाविसको कार्यालय
वेबसाइटaandhikholamun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुलका (१,२,४-६,८,९) वडाहरू, फापरथुम, चिलाउनेबास, विचारीचौतारावाङसिङ देउराली गाविसहरूलाई मिलाएर आँधिखोला गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर आँधिखोला गाउँपालिकाको जनसङ्ख्या १६,५८९ रहेको छ ।[५][६]

भू-वनोट सम्पादन गर्नुहोस्

आँधिखोला गाउँपालिकामा ६ वडाहरू रहेका छन् । आँधिखोलाको कुल क्षेत्रफल ६९.६१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिकाफेदीखोला पर्दछन् भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा फेदीखोलापर्वत जिल्ला छ भने दक्षिणी क्षेत्रमा पुतलीबजार नगरपालिकाअर्जुनचौपारी पर्दछन् ।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ [dead link]
  2. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  7. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्