५६ डटकम (सरलीकृत चिनियाँ: 56網), आधिकारिक रूपमा सन् २००५ मा स्थापना भएको एक चिनियाँ श्रव्य दृश्य साझेदारी सेवा वा मञ्च हो।[३] यसलाई पूर्व नेटइजमा कार्यरत कर्मचारी झोउ जुवानले स्थापना गरेका थिए। यसमा प्रयगकर्ताहरूले श्रव्य दृश्य उर्ध्वभरण अवलोकन तथा साझेदारी गर्न सक्छन्। चलचित्रहरू समुदाय साझेदारीमा आधारित छन् र धेरै छोटा चलचित्रहरू युट्युब जस्तै ब्लगरहरू मार्फत उत्पादन गरिएका हुन्छन्। वेबसाइट सरलीकृत चिनियाँमा उपलब्ध छ। कम्पनीको दर्ता चीनको प्रमुख व्यापारीक केन्द्र ग्वाङझोउमा भएको थियो।

५५ डटकम
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषासरलीकृत चिनियाँ
संस्थापितअक्टोबर, २००५[१]
मुख्यालयहरू,
चीन
संस्थापक (हरू)周娟, 梁升, 谭毅
उद्योगवेब २.०
सेवाहरूसामाजिक सञ्जाल
अभिभावकसोहु
युआरएलआधिकारिक वेबसाइट
अलेक्सा क्रमPositive decrease १८,१०० (नोभेम्बर २०१९)[२]
दर्तावैकल्पिक
(उर्ध्वभरणका लागि आवश्यक)
वर्तमान स्थितिचालू

कम्पनीको बारेमा सम्पादन गर्नुहोस्

यो चिनियाँ कम्पनी सोहुको पूर्य सहायक कम्पनी हो। कम्पनीको प्रधान कार्यालय टियानहे जिल्लामा अवस्थित छ।[४] सन् २००८ मा क्म्प्लिट डटकमको सर्वेक्षण अनुसार, डोमेन ५६ डटकमले ३.२ मिलियन वार्षिक भ्रमणकर्ताहरूलाई आकर्षित गर्न सफल भएको थियो। यो ३ जून २००८ को अपराह्नको ६ बजे चीनमा मात्र उपलब्ध बनाइएको थियो।

५६ डटकमको वेबसाइटले जून ४ मा १०:०० बजे, वेबसाइटमा पहुँच रोकिएको १६ घण्टा पछि व्याख्या गर्दै वेबसाइटले एक सेवक विफलताको कारण बन्द भएको तथा यसको मर्मत भइरहेको कुराको जानकारी दिएको थियो। तर यसले साइटको कहिले सुरु हुने विषयमा स्पष्ट समय दिएको थिएन।

हेक्सुन डटकम र सिना डटकम जस्ता केही सञ्चार माध्यमहरूले ५६ डटकमले यसको श्रव्य दृश्य सामग्रीद्वारा प्रासङ्गिक सरकारी नियमहरूको बारम्बार उल्लङ्घन गरेको कुराको जानकारी दिएका थिए। त्यसकारण यसलाई सरकारद्वारा चेतावनी जारी गरिएको थियो र केहि दिनको लागि बन्द पनि हुन सक्ने चेतावनी दिइएको थियो। तथापि, उक्त आरोपलाई ५६ डटकमद्वारा अस्वीकार गरिएको थियो। जुलाई ११, २००८ मा ५६ डककम पूर्ण पहुँच योग्य हुँदै सम्पूर्ण सेवा सञ्चालन गरेको थियो।[५]

३१ डिसेम्बर २०१४ मा, सोहुले स्वदेशी सामाजिक सञ्जाल सेवा प्रदान गर्ने वेबसाइट रेनरेनसँग ५६ डटकमलाई अधिग्रहण गर्नका लागि सम्झौता गरेको थिए। स्रोतका अनुसार उक्त सम्झौता बापत सोहुले ५६ डटकमलाई २५ मिलियन अमेरिकी डलर तिरेको थियो। [६]

इतिहास सम्पादन गर्नुहोस्

१) सन् २००५, कम्पनीको स्थापना

२) अक्टोबर २००६, ५६ डटकमको कार्यालय राजधानी बेइजिङमा स्थापना भएर सञ्चालनमा आएपछि कम्पनीले बजार पकड्न सफल भएको थियो।

३) १३ अक्टोबर २००६ मा, ५६ डटकम चीनको श्रव्य दृश्य साझेदारी सेवाहरू मध्ये सर्वाधिक लगानी गर्ने शीर्ष ५० कम्पनीहरू मध्येबाट चुनिएको थियो।

४) अगष्ट २००७ मा, ५६ डटकम शीर्ष दश चिनियाँ वेबसाइट तथा विश्वकै पहिलो शीर्ष १०० लोकप्रिय वेब सेवाहरूको मध्येबाट श्रव्य दृश्य साझेदारी सेवाको रूपमा चुनिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. “据报道,视频分享网站56 获得了1000万英镑的风险投资 वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-१८ मिति, RedlineChina, June 15, 2007.
  2. "५६ डटकम साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१५-०२-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१८ मिति
  3. 56介绍 वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-२२ मिति
  4. "Contact us", ५६ डटकमको आधिकारिक वेबसाइट (चिनियाँमा), अन्तिम पहुँच ५ मे २०१५ 
  5. "搜狐正式宣布收购56网", 腾讯, २०१४年१०月३१日, अन्तिम पहुँच २०१४-११-२९ 
  6. 人人公司全资收购中国领先的视频分享网站56网

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट