२०७६ को नेपालको प्राकृतिक प्रकोप
बाढी पहिरो
सम्पादन गर्नुहोस्असार २७ गते देखि अविरल वर्षाका कारण नेपालको विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ६७[१] जनाको मृत्यु भएको छ ।[२][३]
राजधानी
सम्पादन गर्नुहोस्तराई
सम्पादन गर्नुहोस्रौतहटमा भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परे ।[४]
अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।[५]
सप्तरीमा अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । विभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ ।[६]
प्रदेश २ को राजधानी धनुषा जनकपुरमा अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपमहानगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।
घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जनकपुर विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् ।[७]
शुक्रबार बिहानदेखि आएको बाढीका कारण मोरङका करिब २ हजार मानिस विस्थापित भएका छन् । बाढीका कारण ४७० परिवारका करिब २ हजार व्यक्ति विस्थापित भएका हुन् ।
विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरपालिकाका बासिन्दा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर– ८ मा ५० परिवार बिस्थापित भएका छन् । विराटनगर ७ मा १३ परिवार बिस्थापित भएका छन् ।[८]
पहाड
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना बेपत्ता [अपडेट]", कान्तिपुर राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०१९/०७/१९।
- ↑ बाढीपहिरो र डुबानले ३५ जनाको ज्यान गयो, १५ जना बेपत्ता [अपडेट]
- ↑ https://nepalpolice.gov.np/index.php/news/latest-news/17291-2019-07-14-12-16-20 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१५ मिति
- ↑ रौतहट डुब्दा भारतको विरोध, फेसबुकमा ‘गो ब्याक इन्डिया’ !
- ↑ कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव !
- ↑ सप्तरीमा २० घर बगे, तिलाठी प्रहरी चौकी विस्थापित;एक हजार घर डुबानमा, तर मानवीय क्षति भएको छैन : प्रहरी
- ↑ जनकपुर जलाशयमा परिणत
- ↑ बाढीका कारण मोरङमा ४७० घरका २ हजार विस्थापित