ह्रस्व दीर्घ (चलचित्र)
ह्रस्व दीर्घ २०८१ सालमा प्रदर्शन हुने एक नेपाली फिल्म हो जसको निर्देशन चन्द्र पन्तले गरेका छन्। यो उनको निर्देशनमा बनेको पहिलो चलचित्र हो, जसले पारिवारिक प्रेम, सामाजिक सम्बन्ध र संघर्षलाई आधार बनाएर कथा प्रस्तुत गरेको छ। चलचित्रमा प्रमुख पात्रहरूको रूपमा नेपाली कलाकार हरिहर अधिकारी, निता ढुंगाना, र दक्षिण भारतीय हास्य अभिनेता ब्रह्मानन्दम रहेका छन्।
ह्रस्व दीर्घ | |
---|---|
निर्देशक | चन्द्र पन्त |
लेखक | हरिहर अधिकारी |
पटकथा | प्रतीक पौडेल, चन्द्र पन्त, हरिहर अधिकारी |
निर्माता | नीता फिल्मस |
मुख्य कलाकार | हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, प्रशान्त ताम्राकार, संचिता लुइटेल, ब्रह्मानन्दम, सुनील वर्मा |
छायाङ्कन | कवीरलाल |
वितरक | व्याङ्कटेस इन्टरटेनमेन्ट |
देश | नेपाल |
भाषाहरू | नेपाली, हिन्दी, तेलुगु |
कथावस्तु
सम्पादन गर्नुहोस्फिल्म *ह्रस्व दीर्घ* प्रेम, बलिदान र पारिवारिक सम्बन्धका विभिन्न पक्षहरूलाई उजागर गर्ने पारिवारिक प्रेमकथामा आधारित छ। फिल्मले प्रेमको विभिन्न स्वरूपहरूलाई व्यक्त गर्न खोजेको छ, जसमा मुख्य पात्रहरूले आफ्नो सम्बन्धलाई सम्हाल्दै जीवनमा आएको चुनौतीलाई समाधान गर्ने प्रयास गरेका छन्। निर्देशक पन्तले यसलाई पूर्णतया धार्मिक कथामा नभई, समाज र संवेदनामा आधारित पारिवारिक ड्रामा भनिएको छ।[१]
निर्माण
सम्पादन गर्नुहोस्चलचित्रको निर्माण *नीता फिल्मस*को ब्यानरमा भएको हो। निर्देशक चन्द्र पन्तको यो पहिलो निर्देशन हो, जसमा उनले भोजपुरी चलचित्रहरूमा प्राप्त अनुभवलाई नेपाली सिनेमामा उतार्ने प्रयास गरेका छन्। चलचित्रमा बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका छन्, जसले चलचित्रलाई भिजुअल रूपमा प्रभावकारी बनाएको बताइएको छ। हरिहर अधिकारीले लेखेको कथालाई प्रतीक पौडेल र चन्द्र पन्तले थप विकसित गर्दै पटकथा तयार पारेका हुन्।
प्रमुख कलाकारहरू
सम्पादन गर्नुहोस्चलचित्रमा नेपाली कलाकारहरूसँगै दक्षिण भारतीय हास्य अभिनेता ब्रह्मानन्दम र सुनील वर्मा पनि प्रमुख भूमिकामा रहेका छन्। प्रमुख पात्रहरूमा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, प्रशान्त ताम्राकार, संचिता लुइटेल, गरिमा शर्मा, र किरण केसी रहेका छन्। विपना थापाले लामो समयपछि यस फिल्मबाट नेपाली सिने उद्योगमा पुनरागमन गरेकी छिन्। उनको भूमिकाले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। विपना थापाका अनुसार फिल्मले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिने विश्वास लिएको बताएकी छ्न ।
प्रदर्शन
सम्पादन गर्नुहोस्नेपालका लागि यो चलचित्र २०८१ कार्तिक ३० गते रिलिज हुने पक्का भएको छ। यो चलचित्र नेपालसहित जापानका प्रमुख शहरहरूमा समेत प्रदर्शन हुने तयारीमा छ। जापानका टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता र ओकिनावा लगायतका १४ शहरहरूमा चलचित्रको प्रि-सेल टिकेट सोल्ड आउट भइसकेको बताइएको छ, जसले नेपाली चलचित्रको लोकप्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा बढाएको छ। यस चलचित्रको वितरण अधिकार व्याङ्कटेस इन्टरटेनमेन्टले लिएको छ।[३]
विशिष्टता
सम्पादन गर्नुहोस्- ह्रस्व दीर्घ* नेपाली चलचित्र उद्योगको विकासमा महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ किनकि यो नेपाली, हिन्दी, र तेलुगु तीन भाषामा रिलिज हुने तयारीमा छ। यसले नेपाली सिने उद्योगलाई अन्य भारतीय भाषाहरूमा पनि लैजाने प्रयास गरेको छ। दक्षिण भारतीय कलाकारहरूको सहभागिताले यसलाई थप आकर्षण दिन्छ र यसको माध्यमबाट नेपाली चलचित्र उद्योगलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू
सम्पादन गर्नुहोस्चलचित्रको ट्रेलर रिलिजसँगै दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको छ। यस चलचित्रको विशेषताले नेपाली दर्शकहरूसँगै विदेशी दर्शकलाई पनि आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ। ट्रेलरले २० घण्टाभित्रै १० लाख भ्यूज प्राप्त गरेको थियो, जसले यसप्रतिको जनचासो उच्च रहेको देखाएको छ।[४]
बाह्य लिङ्क
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "‘ह्रस्व दीर्घ’ कस्तो सिनेमा हो ? नीता र हरिहरकाे यस्ताे जवाफ", Art Khabar।
- ↑ "ह्रस्व दीर्घ चलचित्र पुनरागमन", Hamro Cinema।
- ↑ "चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका विभिन्न शहरमा सोल्ड आउट", Art Khabar।
- ↑ "‘ह्रस्व दीर्घ’को ट्रेलर १० लाख भ्यूज, ट्रेन्डिङमा", Hamro Cinema।