नेपाल स्याटेलाइट टेलिकम कम्पनी वा साधारणतया हेलो नेपाल एक नेपाली उपग्रह दूरसञ्चार कम्पनी हो र नेपालको एक निजी दूरसञ्चार कम्पनी पनि हो। नेपालमा विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सेवा प्रदान गर्ने यो तेस्रो निजी कम्पनी हो। आधारभूत संरचना रहित देशको विकासोन्मुख ग्रामीण भागबाट सेवा सुरु गर्ने यो नेपाल पहिलो दूरसञ्चार कम्पनी हो।

हेलो नेपाल
उद्योगदूरसञ्चार
सेवा क्षेत्र
नेपाल
सेवाहरूप्रिपेड/पोष्टपेड मोबाइल सेवा
कर्मचारी सङ्ख्या
१००+
वेबसाइटhttp://www.hellonepalgsm.com/

कम्पनीले नेपालको मध्य-पश्चिमी क्षेत्रको परिचालन आधारको रूपमा ब्राण्ड नाम 'हेलो नेपाल' अन्तर्गत काम गर्न वा सेवा सञ्चालन गर्न २०६४ फागुन ५ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार अनुमति पत्र प्राप्त गरेको थियो।

बारेमा सम्पादन गर्नुहोस्

यसले आफ्नो सेवा नेपालको मध्यपश्चिम र सुदुर पश्चिम क्षेत्रहरूबाट शुरु गरिसकको छ र नजिकैको भविष्यमा यसले सेवालाई पश्चिम, मध्य र पूर्वी क्षेत्रहरू गरी सम्पूर्ण देशमा सेवा विस्तार गर्ने लक्ष्य सहित अगाडि बढेको छ। हाल यसले सेवा नेपालको पश्चिम क्षेत्रमा विस्तार गर्ने लक्ष्य लिएको छ। नेपाली नागरिकताको प्रतिलिपि र एक राहदानी आकारको फोटो लिएर हामीले यसको सिम निकाल्न सक्छौँ र यसले एक पटकमा ३ वटा सिमहरू प्रदान गर्ने गरेको छ। यो पूर्ण रूपमा नि: शुल्क छ र प्रयोगकर्ताहरूले हेलो नेपालबाट हेलो नेपालमै कल गर्दा २४ घण्टाको लागि कुनै शुल्क लाग्नेछैन। मानिसहरू ३ वटा सिम नि: शुल्क प्राप्त गर्नेछन् र ३ महिनाका लागि नि:शुल्क कल गर्न पाउने छन्।[१]

उत्पादनहरू सम्पादन गर्नुहोस्

  • विश्वव्यापी मोबाइल सञ्चार प्रणाली - निश्चित लाइन सेवा
  • विश्वव्यापी मोबाइल सञ्चार प्रणाली - प्रिपेडपोष्टपेड मोबाइल सेवा

अनुमति पत्र खारेज सम्पादन गर्नुहोस्

कम्पनीले ७ फागुन २०६४ सालमा आधारभूत दूरसञ्चार सेवा अन्तर्गत अनुमति पत्र प्राप्त गरेको थियो।[२] हेलो नेपाल ब्राण्डमा मोबाइल सेवा दिइरहेको नेपाल स्याटेलाइट टेलिकम कम्पनीको बक्यौता वापतको नवीकरण दस्तुर तिर्न नसकेपछि अनुमति पत्र खारेज गरिएको थियो। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो र भदौ १ गतेसम्म पहिलो किस्तावापत कम्पनीले करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले यसलाई सयमसीमा दिएको थियो तर, उक्त समयमा पनि रकम तिर्न नसकेपछि यसको अनुमति पत्र खारेज गरिएको थियो।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हेलो नेपाल जिएसएमको बारेमा", टाइम एण्ड अपडेट, ८ जनवरी २०१९। 
  2. "आधारभूत दूरसञ्चार सेवा प्रदायकहरू"नेपाल दूरसञ्चार प्राधिकरण। सङ्ग्रह मिति २८ अप्रिल २०२० 
  3. "'हेलो नेपाल'को अनुमति पत्र खारेज"अनलाइन खबर। २ भदौ २०७६। सङ्ग्रह मिति १० असोज २०७६  मिति मान यहाँ जाँच गर्नुहोस्: |তারিখ=, |সংগ্রহের-তারিখ= (मद्दत)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०२ मिति