हरिप्रसाद न्यौपाने (- ) नेपालका कानुन-सेवी तथा वर्तमान मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। कानुन, न्याय, संसदीय मामिला, श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री न्यौपाने कानुनी क्षेत्रमा खारिएका व्यक्तित्व मानिन्छन्।

जीवनी सम्पादन गर्नुहोस्

गुल्मी जिल्लाको जुहान गाविस-७ माझगाउँमा जन्मेका मन्त्री न्यौपाने २०३५ सालमा शाखा अधिकृतको रूपमा सेवा प्रवेश गरेका हुन्। नेपाल कानुन आयोगमा पाँचवर्षसम्म उपाध्यक्ष भई सेवानिवृत्त उनले करिब ३२ वर्षसम्म निजामती सेवाअन्तर्गत प्रायः कानुनी क्षेत्रमै आफ्नो जिम्मेवारी सम्हाल्दै आएका छन्। बीएल, बीए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डबाट अन्तर्राष्ट्रिय कानुनमा पोष्टग्राजुएट डिप्लोमा गरेका छन्।

उनले २०५१ देखि २०६० सालसम्म कानुन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहसचिव भई सेवा गरे। वि.सं. २०६० भदौ महिनामा कानुन मन्त्रालयको कामु सचिव भएका न्यौपाने २०६० साल फागुन महिनामै सोही मन्त्रालयको सचिवमा बढुवा भए। तीन वर्षपछि सेवाबाट स्वयम् अवकास लिएका उनले २०६३ साल मंसिर महिनामा नेपाल कानुन आयोगको उपाध्यक्षको जिम्मेवारी सम्भालेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्