स्वप्नदोष
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आफ्नो नामका विपरीत स्वप्नदोष (Nocturnal emission) कुनै दोष न भएर एक स्वाभाविक शारीरिक क्रिया हो जसका अन्तर्गत पुरुष वा स्त्री लाई निंदाएका बेला वीर्यपात (स्खलन) हुन जान्छ, त्यतिखेर पुरुष वा स्त्री एक स्वतःस्फूर्त यौनानन्दको अनुभव पनि गर्दछन् । स्वप्नदोष, किशोरावस्था र सुरुवाती वयस्क वर्षहरू का बेला हुने एक सामान्य घटना हो, तर यो उत्सर्जन यौवनका पछि कुनै पनि समय हुन सक्छ । आवश्यक छैन कि प्रत्येक पुरुष स्वप्नदोषलाई अनुभव गर्छन्, जहाँ अधिकांश पुरुष यसलाई अनुभव गर्दछन् त्यहीं केही पूर्ण रूपले स्वस्थ र सामान्य पुरुष पनि यसको अनुभव गर्दैनन् । स्वप्नदोषका बेला पुरुषहरूलाई कामोद्दीपक सपना आउन सक्छ र यो स्तंभन बिना पनि हुन सक्छ ।
स्वप्नदोषका बेला यौनसुखका बद्ला झुनझुनी, जस्तै पिशाब निंस्कदै गरेको वा जस्तै पिशाब लागेको जस्ता अनुभूति हुन सक्छ । धेरै किशोर यस बेला निन्द्राबाट जाग्छन् र तिनमा एक लज्जाको भावना आउँछ कि उनले सुत्दा बिछाउँना गिलो गरेकोछ । सामान्य अवस्थामा स्त्रीसँग संभोगरत पुरुषले चरम अवस्थामा वीर्यपात गर्छ तर स्वप्नदोष हुँदा चाहिँ स्त्रीभोगको कल्पनाले नै वीर्यपात गराउँछ ।
स्वप्नदोष, एक कामोद्दीपक सपना पछि हुने एक स्वाभाविक शारीरिक प्रतिक्रिया हो जसको कारण पुरुष व्यक्तिको भित्र लगातार उत्पादित हुँद रहेको शुक्राणु कोशिकाहरूको प्रशस्त रूपमा शरीरबाट बाहिर निकाल्छ ।