'स्पिरिटेड अवे' एउटा जापानी एनीमेटेड चलचित्र हो।

स्पिरिटेड अवे
Spirited Away
निर्देशकहायाओ मीयाजाकी
लेखकहायाओ मीयाजाकी
निर्मातातोसियो सुजुकी
मुख्य कलाकार
छायाङ्कनआट्सुसी ओकुइ
सम्पादनटाकेसी सियामा
सङ्गीतजो हीसाइसी
वितरक
कम्पनी
वितरकटोहो
प्रदर्शन मिति
  • २० जुलाई २००१ (2001-07-20) (जापान)
अवधि
१२५ मिनेट[१]
देशजापान
भाषाजापानीज
बजेट$(१ करोड ५ लाख–१ करोड १९ लाख)
बक्स अफिसयुएस$३४६ million (विश्वभर)

कथावस्तु सम्पादन गर्नुहोस्

१० वर्षीया किहिरो ओगिनो आफ्ना आमा बुबाको साथ नयाँ शहरमा सर्छिन्। गाडीमा जाँदै गर्दा बुवाले सर्टकट लिएको कारण उनीहरू एउटम रहस्यमयी मनोरञ्नज पार्कमा पुग्छन्। किहिरोको इच्छाविरूद्ध, तिनीहरू यसलाई अन्वेषण गर्न थाल्छन्। घुम्दै जाँदा भोकाएको महसुस गर्छन् र आमाबाबुले रेष्टुरेन्टमा अनाधिकृत रूपमा खान्छन्। किहिरोलाइ आफ्ना बाबुआमाले यसरी कोही मालिक नै नभएको रेष्टुरेन्टमा खाएको मन पर्दैन र उनी वरिपरि घुम्न थाल्छिन्। त्यहाँ घुम्ने क्रममा उनले एउटा केटो हाकुलाई भेट्छिन्। उसले उनलाई अन्धकार हुनुभन्दा पहिले नै समयमै त्यहाँबाट भाग्न चेतावनी दिन्छ। तर जब उनी आफ्ना बाबुआमा भएका ठाउँमा फर्किन्छन्, उनले देख्छिन् कि उनका बाबुआमा नै सुँगुरमा परिणत भइसकेका हुन्छन्। के किहिरो ले आफ्ना बाबुआमालाइ फिर्ता ल्याउन सक्छिन्?

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Spirited Away (PG)", British Board of Film Classification, १४ अगस्ट २००३, मूलबाट २८ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५