स्नेहलता श्रीवास्तव
श्रीमति स्नेहलता श्रीवास्तव (जन्म १८ सेप्टेम्बर १९५७) भारतको राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क को अध्यक्ष हुन् ।[१] उनी मध्य प्रदेश कैडरको १९८२ बैचको भारतीय प्रशासनिक सेवा अधिकारी हुन् र वित्तीय सेवा विभाग, वित्त मंत्रालय, भारत सरकारमा अपर सचिवको पदमा विराजित छिन् । उनी आईडीबीआई बैङ्क लिमिटेड, आईडीएफसी लिमिटेड र भारतीय साधारण बिमा निगम को निर्देशक मंडलमा एक निर्देशक पनि छिन् ।
स्नेहलता श्रीवास्तव | |
---|---|
राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्कको अध्यक्ष | |
उतराधिकारी | वर्तमान |
व्यक्तिगत विवरण | |
जन्म | १८ सेप्टेम्बर १९५७ |
राष्ट्रियता | भारतीय |
प्रारम्भिक जीवन र शिक्षा
सम्पादन गर्नुहोस्श्रीमती स्नेहलता श्रीवास्तवको जन्म १८ सेप्टेम्बर १९५७ मा भएको थियो । उनी शहरी भूगोलमा विशेषज्ञताको संगै भूगोलम स्नातकोत्तर छिन् र उनले क्षेत्रीय आयोजना र आर्थिक विकासमा एम फिल गरेकी छिन् ।[१]
करियर
सम्पादन गर्नुहोस्भारतीय प्रशासनिक सेवाको ३० साल भन्दा बढी आफ्नो कार्यकालमा उनले विविध कार्यक्षेत्रहरूमा काम गरेकी छिन् जसमा वित्त, दूरसंचार, राजमार्ग, राजस्व, बहुपक्षीय बैङ्क अर्थात् विश्व बैङ्क र एसियाई विकास बैङ्क, विदेशी मुद्रा नियन्त्रण, अमेरिका र क्यानाडाको सम्बन्धमा द्विपक्षीय सहयोग शामिल छन ।
विदेशी मुद्रा प्रबन्ध अधिनियम (फेमा) बनाउने समय श्रीमती श्रीवास्तवले फेमाको तहत विभिन्न विनियम तैयार गर्नमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । मध्य प्रदेशमा, जिल्ला मजिस्ट्रेट र उप डिवीजनल मजिस्ट्रेटको रूपमा कानुन र व्यवस्थाबाट सम्बन्धित कार्य गर्नु बाहेक शिक्षा, खनन, भूमि प्रबन्धन, बिजली र उद्योग जस्तो क्षेत्रहरूमा पनि काम गरेकी छिन् । उनी तिन साल सम्म मध्य प्रदेशको वित्त विभागमा निर्देशक, बजट पनि रहिन् ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ "निदेशक मण्डल", राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क, आधिकारिक वेबसाईट, अन्तिम पहुँच ३० नोबेम्बर २०१३।