स्टार्टपेज

वेब खोज संयन्त्र

ष्टार्टपेज एक वेब खोज इञ्जिन हो जसले प्रयोगकर्ताहरूको गोपनीयतालाई यसको विशिष्ट सुविधाको रूपमा सुरक्षित गर्दछ। यो पूर्व विस्तृत खोज इञ्जिन आइएक्सक्वीकको रूपमा चिनिन्थ्यो। यो त्यसपछि भिन्न सेवाको रूपमा सञ्चालित छ। आइएक्सक्वीक र ष्टार्टपेज सन् २०१६ मा समायोजित भई ष्टार्टपेजको रूपमा सञ्चालित छ।[२][३][४][५][६][७]

ष्टार्टपेज
साइटको प्रकार
खोजी इञ्जिन
प्रक्सी सेवा
उपलब्ध भाषाबहुभाषिक
मुख्यालयहरूWilhemina van Pruisenweg 104, The Hague, the Netherlands
मालिकष्टार्टपेज
युआरएलstartpage.com
अलेक्सा क्रमवृद्धि १,७२७ (१४ मे २०१९)[१]

आइएक्सक्वीक सन् १९९८ मा डेभिड बोडनिकले स्थापना गरेका थिए र सन् २००० मा उक्त इण्टरनेट कम्पनीको अधिग्रहण गरेदेखि नेदरल्याण्ड्समा आधारित स्टार्टपेज निजी सिमित दायित्व कम्पनीको स्वामित्वमा रहेको छ।[८] आइएक्सक्वीक र यसको भातृ परियोजना ष्टार्टपेज डटकमले उनीहरूको पछिल्लो रेकर्ड  (२८-दिनको औसतमा), २ फेब्रुअरी २०१५ मा दैनिक प्रत्यक्ष तर्फ ५० लाख ७० हजार खोजीहरू भएको बताएको थिए।[९]

कम्पनीले एक स्वतन्त्र प्रोक्सी सेवा, ष्टार्टपेज डटकम प्रोक्सी प्रदान गर्दछ, जुन स्टार्टपेज खोज इञ्जिनमा समावेश छ जसले प्रयोगकर्ताहरूलाई प्रोक्सी मार्फत सबै खोजी परिणामहरू खोल्नको लागि अनुमति दिन्छ।[१०] कम्पनीले गोपनीयताको सुरक्षा गर्ने ई-डाँक सेवा ष्टार्टमेलको पनि विकसित गरेको छ। यो सेवा सन् २०१४ मा सार्वजनिक रूपमा जारी गरिएको थियो।[११]

इतिहास सम्पादन गर्नुहोस्

 
आइएक्सक्वीको लोगो
 
सन् २०११ मा आइएक्सक्वीको जाल स्थल

आइएक्सक्वीक सन् १९९८ मा न्यु योर्क सहरमा  डेभिड बोडनिकद्वारा सृजना गरिएको थियो।[१२] उनी ब्राउन विश्वविद्यालयबाट स्नातक हासिल गरेका विद्यार्थी थिए। यसले पछि "वेबमा सबैभन्दा शक्तिशाली विस्तृत खोज इञ्जिन"को रूपमा परिचय प्राप्त गरेको थियो।[१३] प्रारम्भमा यसले १४ विभिन्न वेब र निर्देशिका खोज इञ्जिनहरूका साथसाथै तस्वीर, समाचार र श्रव्य इञ्जिनहरूको प्रदान गरेको थियो।[१४] प्रत्येक खोज उपकरणले सोधपुछ गर्दा फेला पारेका परिणामहरू मुल्याङ्कन गरेपछि मात्र नतिजा क्रमबद्ध गरिएको थियो।[१५]

आइएक्सक्वीकले खोज इञ्जिन वाच र जेटडिनेटको सर्च आइक्युद्वारा उच्च मुल्याङ्कन प्राप्त गरेको थियो।[१६]

जिष्टमा आधारित डच कम्पनी सर्फबोर्ड होल्डिङ निजी सिमित दायित्व कम्पनीले सन् २००० मा आइएक्सक्वीकको खरिद गरेको थियो।[१७] कम्पनीले सन् २०१३ मा यसको नाम ष्टार्टपेज बिभिमा (अनुवादित- निजी सिमित दायित्व कम्पनी) परिवर्तन गरेको थियो।

आइएक्सक्वीक २३ मार्च २००५ मा पुनः सुरु गरिएको थियो। कम्पनीले यसमा नयाँ सुविधाहरूको साथ एक नयाँ विकसित विस्तृत खोज एल्गोरिदम्, अन्तर्राष्ट्रिय फोन, र न्यूनतम मूल्य निर्देशिका समावेश गरेको थियो।[१८]

२७ जुन २००६ मा, गुगल किनमेलको आलोचना पछि, आइएक्सक्वीकले आफ्ना प्रयोगकर्ताहरूको लागि निजी विवरण मेटाउन सुरू गरेको थियो।[१९]

इण्टरनेट स्तर ​​ठेगाना र अन्य व्यक्तिगत जानकारीहरू खोजीको ४८ घण्टाको भित्र मेटाइएको थियो। [२०] आइएक्सक्वीकले आफ्नो प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीहरू अन्य खोज इञ्जिनहरू वा यसको प्रायोजित परिणामहरूको प्रदायकसँग साझा नगर्ने घोषण गरेको थियो।[२१][२२]

आइएक्सक्वीकलाई १४ जुलाई २००८ मा यसको गोपनीयता अभ्यासको लागि पहिलो युरोपेली गोपनीयता छाप (युरोप्रिसे)बाट सम्मानित गरिएको थियो।[२३][२४]

२८ जनवरी २००९ मा, आइएक्सक्वीकले पूर्ण रूपमा प्रयोगकर्ताहरूको इण्टरनेट स्तर ठेगानाहरूको भण्डारण गर्न अन्त्य गरेको थियो।

७ जुलाई २००९ मा आइएक्सक्वीकले ष्टार्टपेज डटकमको सुरूवात गरेको थियो।[२५][२६]

 
सन् २०११ मा ष्टार्टपेज जाल स्थल
 

२९ मार्च २०१६ मा, आइएक्सक्वीक डटकमले आधिकारिक रूपमा उही कम्पनीको ष्टार्टपेज खोज इञ्जिनसँग समायोजित भएको थियो। उक्त समायोजित खोज इञ्जिनले आधिकारिक रूपमा गुगलको खोजीको नतिजाहरूको प्रयोग गर्दै गोपनीयता सुरक्षा गर्दछ। आइएक्सक्वीक डटकम प्रविष्ट गर्ने प्रयोगकर्ता अब स्वचालित रूपमा ष्टार्टपेजमामा निर्देशित हुन्छन्। 

आइएक्सक्वीकले लामो समयदेखि यसका साइटहरूमा युरोपेली सङ्घको गोपनीयताको मापदण्डहरूको पालना गर्ने घोषण गरेको थियो। यसले आफ्नो मूल युरोपेली खोज इञ्जिन आइएक्सक्वीक डटइयुलाई अप्रिल २०१८ सम्म कायम राखेको थियो र पछि यो ष्टार्टपेज डटकममा पुन: निर्देशित भएको थियो।[२७]

टोर ब्राउजरको संस्करण ४.५. को सार्वजनिक हुनु अघि, ष्टार्टपेज डटकम यसको पूर्वनिर्धारित खोज इञ्जिन थियो।

खोज संयन्त्र र अन्तरमुख सम्पादन गर्नुहोस्

आइएक्सक्वीकले बहु खोज इञ्जिनहरूबाट परिणामहरू ल्याउँदछ। ष्टार्टपेजले विशेष रूपमा गुगलको नतीजाहरूको प्रयोग गर्दछ, जसको लागि कम्पनीले गुगललाई भुक्तानी गर्दछ। हाल ष्टार्टपेजले १७ ​​भाषाहरूमा उपलब्ध छ जसमा सरलीकृत र परम्परागत चिनियाँ, डेनमार्की, डच, अङ्ग्रेजी, फिनल्यान्डि, फ्रान्सेली, जर्मनेली, इटालेली , जापानी, कोरियाली, नर्वेली, पोल्याण्डि , पोर्तुगाली, स्पेनी, स्विडेनी र टुर्की समावेश छन्।[२८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ष्टार्टपेज डटकमको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १४ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१९ मिति
  2. "We hebben de strijd tegen Big Brother gestroomlijnd!", आइएक्सक्वीक, ३० मार्च २०१६, मूलबाट १६ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०१६ 
  3. Ixquick.eu press release, "StartPage en Ixquick bundelen hun krachten in de strijd tegen Big Brother" वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१६ मिति, ३० मार्च २०१६, अन्तिम पहुँच मिति: ५ अप्रिल २०१६
  4. "Eerste European Privacy Seal toegekend" (प्रेस विज्ञप्ति), आइएक्सक्वीक, १४ जुलाई २००८। 
  5. EuroPriSe press release, "Eerste European Privacy Seal toegekend", १४ जुलाई २००८, अन्तिम पहुँच मिती: ५ अप्रिल २०१६
  6. Privacy.org news article, "EU kent eerste privacyzegel toe aan online zoekmachine Ixquick.com "", १४ जुलाई २००८,EPIC - Elektronisch privacyinformatiecentrum / Privacy International, Washington, D.C. , अन्तिम पहुँच मिति: ५ अप्रिल २०१६
  7. ExpressVPN.com, "Gratis zoekmachines: wat u zoekt?", १९ जनवरी २०१५, अन्तिम पहुँच मिति: २०१६ अप्रिल ५
  8. "Nieuwe Ixquick International Search Engine onthuld" २३ मार्च २००५
  9. "Ixquick / StartPage Directe zoekopdrachten per dag (gemiddelde over 28 dagen)", अन्तिम पहुँच मार्च २०, २०१५  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १४, २०१८ मिति
  10. "Wanneer wordt uw privé-e-mailservice van StartMail vrijgegeven? - Ondersteuning voor startpagina", २०१३-०७-२३, अन्तिम पहुँच २०१३-०८-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०८ मिति
  11. "StartMail lanceert "E-mailcodering gemakkelijk gemaakt" op pii2014 Conference", ष्टार्टपेज, अन्तिम पहुँच २४ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१६ मिति
  12. "IXQuick.com Q & A With David Bodnick & Alex van Eesteren", www.marketingshift.com, अन्तिम पहुँच २२ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २१ अगस्ट २००६ मिति
  13. "Ixquick Metasearch", web.archive.org, २८ नोभेम्बर १९९९, अन्तिम पहुँच २२ जनवरी २०१९ 
  14. Bradley, Phil (२२ जनवरी २०१९), "Search Engines: 'Ixquick', a Multi-Search Engine With a Difference", Ariadne (23), अन्तिम पहुँच २२ जनवरी २०१९ – www.ariadne.ac.ukद्वारा। 
  15. "Computer Shopper (November 2000)", १ नोभेम्बर २०००, अन्तिम पहुँच २२ जनवरी २०१९ – Internet Archiveद्वारा। 
  16. "Ixquick Metasearch", web.archive.org, २८ जुन २००३, अन्तिम पहुँच २२ जनवरी २०१९ 
  17. drimble.nl, "Startpage", drimble.nl, अन्तिम पहुँच २२ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
  18. "IXQuick.com Q & A With David Bodnick & Alex van Eesteren", www.marketingshift.com, २३ मार्च २००५।  वेब्याक मेसिन अभिलेखिकरण २००६-०७-१९ मिति
  19. "Ixquick.com Eliminates 'Big Brother'", biz.yahoo.com, २७ जुन २००६। 
  20. "http://ixquick.com/eng/protect_privacy_qa.html Privacy Q&A"
  21. Greenberg, Andy (फेब्रुअरी १५, २००८), "The Privacy Paradox", Forbes.com, अन्तिम पहुँच २००९-०९-१२ 
  22. "Ixquick: Privacy Policy"
  23. "About Europrise. वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२० मिति"
  24. "Register of Awarded Seals", EuroPrise, अन्तिम पहुँच ९ जुलाई २०१३ 
  25. Albrecht, Katherine (२८ जनवरी २००९), "Privacy-friendly search engine Ixquick.com completely stops recording IP addresses", Ixquick press release, अन्तिम पहुँच २०१०-०६-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-२३ मिति
  26. Rodriguez, Sarah (१ मे २००९), "Search engines besides Google? Who knew?", Special to Wisconsin Law Journal (Wisconsin Law Journal), अन्तिम पहुँच २०१३-०७-११ 
  27. "Tor Browser 4.5 is released", blog.torproject.org, अन्तिम पहुँच २०१५-०९-१६ 
  28. ष्टार्टपेज बिभी, "ष्टार्टपेज", ष्टार्टपेज, मूलबाट ३१ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०१९, "Je kunt Google niet verslaan als het gaat om online zoeken. We betalen ze dus om hun briljante zoekresultaten te gebruiken om alle trackers en logboeken te verwijderen. Het resultaat: 's werelds beste en meest private zoekmachine. Alleen nu kunt u zoeken zonder advertenties die u volgen, en producten aanbevelen die u al heeft gekocht. En geen datamining meer door bedrijven met dubieuze bedoelingen. We willen dat je danst alsof niemand toekijkt en zoekt alsof niemand toekijkt." 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्