ढाँचा:मोबाइल वित्तीय सेवाहरू भुक्तानी सेवा प्रदायकको कारोबारको फर्छ्यौट गर्ने बैङ्क तथा वित्तीय संस्थालाई सेटलमेन्ट बैङ्क (अङ्ग्रेजी: Settlement Bank) भनिन्छ । सेटलमेन्ट बैङ्क मोबाइल वित्तीय सेवाको संलग्न पक्षहरू मध्ये कारोबारको फर्छ्यौट गरने मध्यस्तकर्ता बैङ्क हो । जसले विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरू विच विद्युतीय भुक्तानी कारोबारको हिसाब फर्छ्यौग गर्ने गर्दन । नेपाल राष्ट्र बैङ्कद्वारा जारी भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था/संयन्तलाई प्रदान गरिने अनुमति नीति, २०७३ अनुसार हरेक भुक्तानी सेवा प्रदायक संस्थाले सेटलमेन्ट बैङ्क नियुक्ति गर्नु पर्ने प्रावधान रहेको छ ।