इन्टरनेटको प्रयोग बढनुको सँगसँगै यो कुरा स्पष्ट हुँदैछ कि अब कम्प्युटर चलाउने र सूचना प्राप्त गर्ने सीप जानेर मात्रै पुग्दैन , सूचना सञ्जालको विशाल भण्डारबाट आफूलाई चाहिने सूचना प्राप्त गर्नु र ती सूचनालाई आफ्नो वा समुदायको हितमा प्रयोग गर्न जान्नु आजको प्रतिस्पर्धायुक्त समाजमा बाँच्नका लागि अनिवार्य भइसकेको छ । यही सीपलाई सूचना साक्षरता भनिन्छ । हिँजो हामी कम्प्युटर साक्षरताको कुरा गथ्र्यौं भने आज सूचना साक्षरता आवश्यक छ ।

मानिसले पढन लेख्न थालेदेखि हामी तीन प्रकारका साक्षरताको अवस्थाबाट गुज्रँदैछौँ । पढन, लेख्न र सामान्य हिसाब गर्न सक्ने क्षमतालाई परम्परागत साक्षरता भनिन्छ भने कम्प्युटर साक्षरताभित्र साधारण वा प्रचलित कम्प्युटरका सामान्य औजारहरु चलाउन, इमेल पठाउन र प्राप्त गर्न , लेखा, हिसाब राख्न, चिठीपत्र, रिपोर्ट, लेख रचना लेख्न, तथ्यांक प्रशोधन गर्न , अभिलेख राख्न, कम्प्युटर मार्फ बैठक र गोष्ठीमा कार्यपत्र वा विचार प्रस्तुत गर्न सक्ने सीपहरु पर्छन । सूचना साक्षरतामा कम्प्युटर साक्षरताका साथै निम्नलिखित सीप जान्नु पर्छ ।

  • सूचना प्राप्त गर्नु
  • सूचनाको बिश्लेषण गर्नु
  • सूचना उत्पादन गर्नु तथा
  • सुचनालाई उपयोग गर्न मिल्ने गरी तयार गर्नु

वास्तवमा कुनै पनि समस्याको समाधान गर्न सुचना आवश्यक हुन्छ . समस्या समाधान गर्न सूचना प्रविधि तथा सूचना संजालबाट फाइदा उठाउन सक्ने सिप नै सूचना साक्षरता हो । यसले मुख्य रूपमा कसरी निर्णय लिने , मान्यता स्थापित गर्ने वा समस्या सुल्झाउने भन्ने कुरा गर्न सघाउन्छ । यीमध्ये सूचना सञ्जालको माध्यमबाट अरुसँग मिलेर काम गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । संक्षेपमा, सूचना साक्षरता भनेको सूचना प्रविधि तथा सञ्जालको मदतले समस्या समाधान गर्न सक्ने क्षमता हो । जो व्यक्ति बढी सूचित हुन्छ उसले बढी सही निर्ण्र्ाागर्न र योजना बनाउन सक्छ । यो नयाँ कुरा होइन तर उहिले सूचनाका साधन र स्रोतहरूमाथि सीमित व्यक्तिहरूको एकाधिकार हुन्थ्यो भने हाल आएर सूचना प्रविधिले प्रदान गरेको जादुगरी शक्तिलाई उपयोग गरेर अधिकतम लाभ लिन सक्ने क्षमता जसले पनि हासिल गर्नसक्ने भएको छ ।

सूचना युगका हाँकहरु र सूचना साक्षरताका माग अनुसार आवश्यक जनशक्ति र व्यवस्थापन पक्षलाई पूरा गर्न हाल सरकारी तथा निजी क्षेत्रले सूचना प्रविधि र सूचना सञ्जालको आधारमा आफे व्यावसायिक प्रणालीलाई सुधार्न जोडतोडले लागेका छन । यसको लागि मानिसहरुका.े काम गर्ने शैलीमा ठूलो परिवर्तन गर्नु पर्ने तथा व्यक्तिव्यक्तिको व्यावसायिक क्षमतामा सुधार गर्नु पर्ने हुन्छ । अर्थात बढीभन्दा बढी मानिस सूचना केन्द्रित र सूचना साक्षर हुनर्ुपर्छ । कुनै पनि काम छिटो, प्रभावकारी एवं रचनात्मक ढङ्गले गर्नका लागि प्रायः समय, स्थान र सङ्गठनहरूको सीमा नाघेर मानिसहरूले सूचना संजालहरूमार्फ आपसमा सञ्चार गर्नु र मिलेर काम गर्नु आवश्यक हुन्छ । यो काम कम्प्युटर अपरेटरको होइन नीति निर्माणको तहमा बस्ने व्यक्तिदेखि लिएर कार्यान्वयन पक्षमा संलग्न सम्पर्ूण्ा जनशक्तिका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

यसैले अबको शिक्षा प्रणालीमा सूचना साक्षरता शिक्षालाई अनिवार्य बनाइनु पर्छ । कतिपय मुलुकमा यो सुरु भइसकेको छ । शिक्षण संस्थाहरूले यसको लागि योजना बनाएर लगानी गर्नु आवश्यक छ । नेपालमा निजी क्षेत्रका शिक्षण संस्थाहरु यसको लागि जुन रूपमा तयारीसाथ आउनु पर्ने हो त्यो रूपमा आएको देखिँदैन । अधिकांश विद्यालयहरूमा दिइने शिक्षा परम्परागत शिक्षाको धारणाभन्दा माथि उठन सकेको छैन । केही निजी विद्यालयहरूमा कम्प्युटर शिक्षा लागू भएका छन । तर पाठयक्रम पुरानै छ । यसलाई परिमार्जित गरेर सञ्चार सीप सम्बन्धी पाठथपेर सूचना साक्षरता सुरु गर्न सकिन्छ । ट्रेनिङ इन्स्िटच्युटहरूले पनि आवश्यकता अनुसारको शिक्षा दिएर यसमा योगदान दिन सक्छन । वास्तवमा निजी क्षेत्रका शिक्षण संस्थाहरूको लगि यो आफू पनि लाभान्वित हुने र देशलाई पनि लाभान्वित गराउने अपर्ूव अवसर हो ।

त्यस्तै गाउँगाउँमा सञ्चालन भइरहेका टेलिफोन केन्द्रहरूलाई टेलिफोनमा मात्र सीमित नराखेर तिनलाई सूचना सञ्जालको केन्द्रको रूपमा विकसित गरेर आम जनतालाई आधुनिक सूचना प्रविधिको फाइदा दिलाउन सकिने सम्भावना छ । गाउँगाउँमा खोलिने यस्ता साइबर केन्द्रहरूले भोलि ज्ञान र सूचनाका केन्द्रको रूपमा गाउँको आर्थिक एवं सामाजिक उन्नतिमा महत्त्वपर्ूण्ा भूमिका खेल्नेछन ।

नेपालमा सूचना प्रविधिबाट फाइदा लिनका लागि मुख्य रूपमा तीन वटा बाधा देखिएका छन : उपकरण र पर्ूवाधारको लागि लगानी, जनशक्ति र भाषा । नेपालका अधिकांश गाउँमा टेलिफोन पुगेको छैन । सैकडा १५ परिवारले मात्रै विजुलीको उपभोग गरिरहेका छन । तर आधुनिक सूचना प्रविधिको एउटा स्पष्ट स्वभाव के हो भने यो दिनदिनै सस्तो र सरल हुँदैछ । सञ्चार भूउपग्रहले गर्दा अब दर्ुगम एवं विकट स्थानमा पनि टेलिफोन सेवा पुर्‍याउनु सम्भव भएको छ र सौर्य उर्जाको बढदो प्रयोगले गर्दा विजुली नपुगेका गाउँमा पनि कम्प्युटर र टेलिफोन चलिरहेका छन ।

जनशक्ति तयार पार्नका लागि विद्यमान शिक्षण संस्थाहरूले आफ्नो सोच , नीति र लगानीमा केही बढी ध्यान दिए भने गाह्रो छैन । जहाँसम्म भाषाको समस्या छ हाल पटक्कै अङ्ग्रेजी भाषा नबुझने गाउँहरूमा पनि स्थानीय भाषामा डाटाबेस स्थापना गर्ने र सूचना संजाल सञ्चालन गर्ने अभ्यास सफल भएका छन । नेपालमा पनि त्यही अनुसार गर्न सकिन्छ । स्वयं सूचना प्रविधिले नै पनि चाँडै नै भाषाको व्यवधानलाई हटाउन सघाउने छ ।

हाल नेपालमा नीति निर्माणको तहमा सूचानका प्रविधिको भूमिका र महत्त्वबारे जुन प्रकारको चेतना देखा परेको छ त्यसलाई शुभ सङ्केत मान्नर्ुपर्छ । नेपालको प्रजातान्त्रिक संविधानले जनतालाई सुसूचित हुने हक प्रदान गरेको छ । तर सुसूचित हुनुको तार्त्पर्य सरकारी वा कुनै कार्यालयको फाइलमा रहेको जानकारी र्सार्वजनिक गर्नु मात्र होइन । आधुनिक सूचना प्रविधिलाई उपभोग गर्नसक्ने परिस्थितिको सिर्जना नै सही अर्थमा सूचनाको हक हो भन्ने कुरा बुझनु र त्यही अनुसार काम गर्न सके मात्रै जनताको हितमा सूचनाको हकको उपयोग हुनसक्छ ।

[१]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. -गोरखापत्र दैनिक, २०५६ चैत्र २६ गतेको अंकमा प्रकाशित