सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय (पाकिस्तान)

सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय (उर्दु: وزارت انفارمیشن ٹیکنالوجی و ٹیلی مواصلات) (एमओआइटीको रूपमा संक्षिप्त) सूचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित पाकिस्तानको एक सरकारी मन्त्रालय हो।

सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय
निकाय विवरण
गठन ()
प्रधान कार्यालयइस्लामाबाद
मन्त्री
  • खलिद मकबुल
निकाय कार्यकारी
वेबसाइटmoit.gov.pk

सङ्गठनहरू सम्पादन गर्नुहोस्

पाकिस्तान दूरसञ्चार प्राधिकरण सम्पादन गर्नुहोस्

पाकिस्तान दूरसञ्चार प्राधिकरण एक दूरसञ्चार क्षेत्रको नियामक निकाय हो जुन पाकिस्तानमा दूरसञ्चारको स्थापना, सञ्चालन र मर्मतका लागि जिम्मेवार छ।[१]

राष्ट्रिय दूरसञ्चार निगम सम्पादन गर्नुहोस्

राष्ट्रिय दूरसञ्चार निगम पाकिस्तान सरकारसँग सम्बन्धित सूचना प्रविधि र दूरसञ्चार सेवा प्रदायक निगम हो। राष्ट्रिय दूरसञ्चार निगमले सङ्घीय सरकार , सशस्त्र बल , रक्षा परियोजना, प्रदेशीय सरकार र सबै सरकारी संस्थानहरूलाई सूचना प्रविधि सेवा प्रदान गर्दछ।[२]

पाकिस्तान सफ्टवेयर निर्यात विभाग सम्पादन गर्नुहोस्

पाकिस्तान सफ्टवेयर निर्यात विभाग एक शीर्ष सरकारी निकाय हो जुन स्थानीय र अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानको सूचना प्रविधि उद्योगलाई प्रवर्द्धन गर्न जिम्मेवार छ। पाकिस्तान सफ्टवेयर निर्यात विभागले सूचना प्रविधि उद्योगलाई पूर्वाधार विकास, मानवीय पूँजी विकास, कम्पनीको क्षमता विकास, अन्तर्राष्ट्रिय बजारशास्त्र, रणनीति, अनुसन्धान र नवीन प्रविधिहरूको प्रवर्द्धनका परियोजना र कार्यक्रमहरूको श्रृङ्खलाको माध्यमबाट सुविधा पुर्‍याउँदछ।[३]

राष्ट्रिय सूचना प्रविधि विभाग सम्पादन गर्नुहोस्

राष्ट्रिय सूचना प्रविधि विभाग वा राष्ट्रिय सूचना प्रविधि विभाग सन् २०१४ मा पाकिस्तान सुशाङ्ख्य कार्यालय र इलेक्ट्रोनिक सरकार निर्देशनालयको समायोजन भई स्थापना भएको थियो।[४]

विशेष सञ्चार संस्था सम्पादन गर्नुहोस्

विशेष सञ्चार संस्था, सूचना प्रविधि र दूरसञ्चार मन्त्रालयको प्रशासनिक नियन्त्रण अन्तर्गत सार्वजनिक स्तरको एक संस्था हो जुन सन् १९७६ मा आजाद जम्मू कश्मीरगिल्गित-बाल्तिस्तानमा दूरसञ्चार सेवाहरूको विकास, सञ्चालन र सम्भारको लागि स्थापना भएको थियो।[५]

दूरसञ्चार कोष सम्पादन गर्नुहोस्

दूरसञ्चार कोष, दूरसञ्चार क्षेत्रमा सार्वजनिक क्षेत्र सङ्गठनहरूका कर्मचारीहरूको कल्याणको लागि एक कोषको रूपमा स्थापना गरिएको एक सरकारी निकाय हो। यसले औद्योगिक कम्पनीहरूको स्थापना र वाणिज्यिक गतिविधिहरूको सञ्चालन गरी नाफा प्राप्त गर्ने लक्ष्यहरू लिएको छ। यसले सीमित कम्पनीहरूको पनि स्थापना गरेको छ।[६]

विश्वव्यापी सेवा कोष सम्पादन गर्नुहोस्

पाकिस्तान विश्वव्यापी सेवा कोष, पाकिस्तान सरकारद्वारा कम्पनी अध्यादेश १९८४ अन्तर्गत स्थापना भएको थियो।[७] विश्वव्यापी सेवा कोषले देशव्यापी रूपमा सेवा उपलब्ध नभएका र कम सेवा उपलब्ध भएका क्षेत्रहरूमा दूरसञ्चार सेवाहरूको प्रचार गर्दछ। [८][९]

पाकिस्तान आभासी विश्वविद्यालय सम्पादन गर्नुहोस्

पाकिस्तान आभासी विश्वविद्यालय, पाकिस्तानको पहिलो विश्वविद्यालय हो जुन पूर्ण रूपमा आधुनिक सूचना तथा सञ्चार प्रविधिहरूमा आधारित छ। सरकारले सार्वजनिक क्षेत्रको रूपमा नाफा कमाउने उद्देशका साथ यस संस्थाको स्थापना गरेको थियो।[१०]

प्रज्वलित राष्ट्रिय प्रविधि कोष सम्पादन गर्नुहोस्

प्रज्वलित राष्ट्रिय प्रविधि कोष (पूर्व राष्ट्रिय सूचना प्रविधि कोष) जनवरी २००७ मा सूचना प्रविधि र दूरसञ्चार मन्त्रालयद्वारा स्थापना गरिएको थियो। यस अनुसन्धान तथा विकास कोषको स्थापनाको उद्देश्य उद्योग र शिक्षाविद्द्वारा प्रस्तावित अनुसन्धान र विकास परियोजनाहरूलाई सहयोग गर्नु हो।[११][१२] पाकिस्तानका सबै दूरसञ्चार सेवा प्रदायकहरूद्वारा कमाइएको कूल राजस्वको केही प्रतिशत यस कोषलाई प्रदान गरिन्छ।[१३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गृह", पाकिस्तान दूरसञ्चार प्राधिकरण, अन्तिम पहुँच २०१८-०८-२२ 
  2. http://ntc.net.pk/about.asp?menu_id=05#cp
  3. "हाम्रो बारेमा", मूलबाट २०१४-०७-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२५ मिति
  4. "National IT Board constituted - Newspaper", Dawn.Com, अन्तिम पहुँच २०१८-०८-२२ 
  5. "हाम्रो बारेमा", मूलबाट २०१५-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१६ मिति
  6. "अभिलेखको प्रतिलिपी", मूलबाट २०१४-०७-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२५ मिति
  7. https://www.app.com.pk/govt-devise-next-generation-broadband-technology-projects-survey/
  8. https://www.ictforgirls.org.pk/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति
  9. "अभिलेखको प्रतिलिपी", मूलबाट २०१४-०७-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७ 
  10. "Virtual University of Pakistan", अन्तिम पहुँच २०१८-०८-२२ 
  11. http://www.ictrdf.org.pk/
  12. http://www.brecorder.com/general-news/172/1183922/ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२६ मिति
  13. https://propakistani.pk/2018/01/16/ignite-approves-contract-digiskills-training-project-national-incubation-center-karachi/

बाह्य कडीहरू सम्पादन गर्नुहोस्