सुराही
सुराही एक लामो साँघुरो घाँटी भएको,पेट फुकेको तरल पदार्थ भन्डारण,अोसार पोसार वा पेय साधनको रुपमा प्रयोग गरिने माटो,धातु,वा शीशाबाट बनेको भाँडो हो । यसको घाँटीको मुख बन्द गर्न बीर्को,ढकन अथवा ठेडीको प्रयोग हुँन्छ । सुराही प्रयोगको अावश्यकता अनुसार बिभन्न नाप र अाकारका हुँने गर्दछन । सुराही को बीकास कलश र अंखोरा प्रकारबाट भएको हो भने करुवा यसको बीशेष प्रकार हो ।
इतीहास
सम्पादन गर्नुहोस्प्रारम्भीक कालमा सुराहीहरु माटाका नै हुन्थे भने केही काठका सुराही पनि संग्रालयहरुमा भेटिन्छन । पछी कालान्तरमा मजबुती र टिकाउपन को लागी धातु,काँच हुँदै प्लास्टिक जस्ता अप्रकृतीक र अजैवीक पदार्थका सुराही बन्न थालेका छन । एसिया सुराही निर्माण गर्ने अग्रणी क्षेत्र हुँनुको साथै प्राकृतीक पदार्थ अथवा जैविक पदार्थ लाइ उपयोग गर्ने संस्कृती भएको क्षेत्र देखिन्छ । तर पश्चिमा अाैद्योगीक बिकासपछी उत्पादीत सुराहीहरु प्लास्टिक जस्तो अप्राकृतीक र अजैविक पदार्थबाट सुराही बनाउँने चलन बढेको छ ।
प्रकार
सम्पादन गर्नुहोस्-
मिश्र मा निर्मित कम्तिमा १००० इ.पु. को माटोको सुराही
-
धातु (तामा) को सुराही
-
शिशाका रंगीन सुराही
-
शिशाको सादा सुराही
-
नठड्याइ पल्टाएर राखीने माैलीक नेपाली खुकुरी अाकारको सुराही
-
पश्चिमा सुराहि को पर्याय अजैविक पदार्थ प्लाष्टिक निर्मित सुराही