सभासद् सुदर्शन बराल माओवादी अन्तरिम व्यवस्थापिकामा विधायक पनि हुनुहुन्थ्यो। एमाले राजनीतिबाट राजनीतिक यात्रा तय गर्नुभएका बराल स्नातकसम्मको औपचारिक शिक्षा लिनुभएको छ। हर्राचौर -२ झारखर्कमा गौरी र भानुभक्त बरालको गरीब किसान परिवारमा जन्मनुभएको थियो। बराल ०५३ देखि माओवादीको भूमिगत राजनीतिमा होमिनुभएको थियो। उहाँ ०५४ देखि ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताउनुभएको थियो। उहाँको युद्धमोर्चामा चुत्राबेसी नामक कवितासङ्ग्रह पनि प्रकाशित भएको छ।

मगर जाति र समग्र उत्पीडित वर्गको उत्थान हुने गरी तिनीहरूका अधिकारलाई सविधानमै उल्लेख गराउनु उहाँको मुख्य एजेण्डा रहेको छ। माओवादीले लिएको जनमुखी बाटो र यसले चुनावमा उठाएका अग्रगामी कार्यदिशाका साथै जनयुद्धमा आफूले खेलेको भूमिकालाई जनताले मूल्यांकन गरेर जिताएको बरालको तर्क छ। [१]

सन्दर्भ सम्पादन गर्नुहोस्