सावित्री सिंह

समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद ४४ वर्षीया सावित्री सिंह रूपन्देही, असुरैनाका बासिन्दा हुनुहुन्छ। सामाजिक वातावरणका कारण राजनीतितर्फ आकर्षित भएकी सिंह २०५४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। "लो प्रोफाइल"मा रहेर क्रियाशील हुन रुचाउने साबित्री सिंहले संसदीय निर्वाचनहरूमा उम्मेदवारका रूपमा भाग लिनुभएको छैन। पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ पटक-पटक पक्राउ परी हिरासतमा रहनुभएको छ। महिलाले आफ्नो हक-अधिकार र राज्यबाट न्याय नपाएसम्म देश विकासको सपना सपनामै सीमित रहने उहाँको मान्यता छ। पाँच कक्षासम्म मात्र अध्ययन गरेकी सभासद सिंह दुई छोरीकी आमा हुनुहुन्छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो भने समाजसेवा रुचिको विषय। समाजसेवा जुनसुकै प्रकारले गर्न सकिन्छ भन्ने धारणा राख्‍ने सभासद सिंहले व्यक्तिगत रूपमा र संघसंस्थाको माध्यमबाट समाजहितका कार्यहरू गर्दै आउनुभएको छ। संविधानसभामा उहाँले उठाउन चाहेका मुख्य दुई मुद्दा हुन् - क. महिला हक-अधिकारको पूर्ण ग्यारेन्टी, ख. राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्‍चितता।

[१]

सन्दर्भ सम्पादन गर्नुहोस्