सारस्वरनाथ महादेव मन्दिर

श्री सारस्वर नाथ धाम सिराहा जिल्लाको  सारस्वर गाऊमा अवस्थित रहेको छ । किम्बदन्तीका अनुसार यो एक प्राचीन सिवलिङ्ग हो जहाँ महर्सी जनक समेत पुजा आराधनाका लागी  आउनु हुन्थ्यो । यो श्री सारस्वर नाथ महादेव को बारे मा श्री स्वोस्थानी व्रत कथा को पुस्तक मा समेत उल्लेख भएबाट यो मन्दिर निक्कै पुरानो र पबित्र छ भन्ने बुझ्न सकिन्छ । यहाँ श्रावण महिना मा जलाभिशेक गरिए मा पुन्य का साथै समृद्धि प्राप्ति हुन्छ भन्ने जनबिस्वास रहेको छ ।