सातौँ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र | |
---|---|
खेलाडी संख्या | ५४२ |
सहभागी खेल | ३० |
झण्डा बोक्ने | अनिल गुरूङ मञ्जु गुरूङ |
स्वर्ण पदक | _ |
रजत पदक | _ |
काश्य पदक | _ |
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलबाट ५ सय ४२ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए।१६ जिल्ला रहेको पश्चिमाञ्चलले ३० खेलमा ५ सय ४२ खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको थियो ।
प्रतियोगितामा सहभागि हुने खेलाडीलाई समितिले २०७३ पुस ०५ गत मंगलबार अपराहृन एक कार्यक्रम गरी विदाई गरेको थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको प्रतिनिधित्व गर्ने खेलाडी फुटवल खेलका क्याप्टेन अनिल गुरुङ र महिला भलिवल टिमकी क्याप्टेन मञ्जु गुरुङलाई संयुक्त रूपमा राष्ट्रिय झण्डा प्रदान गरिएको थियो ।
कार्यक्रममा कास्कीका सांसद तथा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गुरुङ द्वयलाई झण्डा हस्तान्तरण गरेका हुन् ।
पदकको आशा
सम्पादन गर्नुहोस्पश्चिमाञ्चलबाट पुरुष फुटवल, भलिवल, तेक्वान्दो, कराँते, सुटिङ, हृयाण्डवल लगायतका खेलमा पदकको आशा गरिएको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताएका थिए। कार्यक्रममा बोल्दै पौडेलले सम्पुर्ण पश्चिमाञ्चल क्षेत्रको ईज्जत र प्रतिष्ठा राख्ने गरी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।