सहलेस फुलबारी नेपाल राष्ट्र को मधेश प्रदेश :- सिराहा जिल्लाको लाहान नगर पालिका वार्ड न. १२ र २२ जटियाही र सिस्वानी गाउँ विकास समितिमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो । करिब नौ बिघामा फैलिएको सो फुलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेसको फुलबारीको रूपमा प्रसिद्ध रहेको छ । फूलबारीको मध्यभागमा रहेको हाराम र सुनाखरी रुख नाउँको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन एकाबिहानैपुर्णतया एकदिनका लागि माला आकारको सेतो फूल फूल्ने गरेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ । सातौँ-आठौँ शताब्दीदेखि फूल्दै आएको विश्वास गरिएको त्यो फूल हेर्न विदेशी समेत आइपुग्छन् । हारामको रुख नजीकै सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) छ। त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ । युवायुवतीले उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन। गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति रहेको छ । पूजारीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही अपर्झटरूपमा मात्र देखिने गरेको छ ।

फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर तीन चार प्ररकार को रुखमा प्रत्येक वर्ष एक दिन एकै किसिमको पुर्णरुपमा मात्रै माला आकारको फूल फूल्ने गरेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो । सिराहा जिल्लामा पूर्व कर्णाटकालीन अवशेष रहेका छन । अत्यधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायक थिए । उहाँ एउटा सेनापतिको छोरा थिए तर उहाँले आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित इतिहासमै कायममुकायम रहेको छन।

उनीसँग सम्मिलित यस जिल्ला धेरै ऐतिहासिक स्थलहरू रहेका छन् । सलहेस कुनै काल्पनिक पात्र नभएर आफ्ना समयका लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । सलहेसको गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू मकडिया गढ, मानिक दह र माइसोथा स्थान र पतारी पोखरी जस्तै इतिहासमा थिए र आज पनि छन ।

शलहेश फुलवारीमा हजारौं किसिमको रुख र वोटविरुवा हरु छन ती सवै ाआयुरवेर्द औषधीय गुण भएका रुख हरु छन जसवाट विभिन्न किसिमका रोगहरुको निको पार्ने आयुर वेद औषधीय गुण भएका ठुुल ठुुला रुखहरु छन ।

नेपाल मधेश प्रदेश को सिराहा जिल्लाको शलहेश फुलजवारि जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ । पुरातात्विक महत्त्व बोकेका अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको छ ।[] []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्