समाजवादी विरुद्ध असाधारण कानुन

समाजवादी विरुद्ध असाधारण कानुन - मजदुर र तथा समाजवादी आन्दोलनको विरोधमा संघर्ष गर्ने उद्देश्यले अन् १८७८मा जर्मनीको विस्मार्क सरकारले जारी गरेको थियो। यसै कानुनद्वारा सामाजिक-जनवादी पार्टीका सबै सङ्गठनहरू र साधारण मजदुर सङ्गठनहरू प्रतिबन्धित गरिएका थिए एवं मजदुर प्रेसमा रोक लगाइएको थियो, समाजवादी साहित्य जफत गरिएको थियो, सामाजिक-जनवादीहरूको घरकपड गरिएको थियो र उनीहरूलाई निर्वासित गरिएको थियो। तर दमनचक्रले सामाजिक-जनवादी पार्टीलाई तहस-नहस पार्न भने सकेन। भूमिगत अस्तित्वको वस्तुस्थिति अनुरूप पार्टीको क्रियाकलापमा हेरफेर ल्याइएको थियो। पार्टीको केन्द्रीय मुखपत्र 'सोसल-डेमोक्रेट' अखबार विदेशबाट प्रकाशित हुन थाल्यो। पार्टी महाधिवेशनहरू (सन् १८८०, १८८३ र १८८७) नियमित रूपमा बोलाईएका थिए। जर्मनीमा गुप्त रूपमा सामाजिक-जनवादी सङ्गठनहरू र गुटहरू छिटै पुनर्गठित हुँदै गए। प्रतिबन्धित केन्द्रीय समतिले तिनको नेतृत्व गरेको थियो। यसको साथै पार्टीले आमजनतासँग सम्वन्ध दरिलो पार्न वैधानिक सम्भावनाहरूको पनि व्यापक प्रयोग गर्‍यो र त्यवको प्रतिष्ठा निरन्तर बढ्दै गयो। जर्मन सामाजिक-जनवादलाई कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सले ठूलो मद्दत गर्नु भयो। सन् १८९० साधारण र सबल मजदुर आन्दोलनको दवावमा परेर समाजवादी विरुद्ध असाधारण कानुन वदर गरियो।[१]

१८७८ का समाजवादी विरुद्ध असाधारण कानुन

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४७३-४७७