सगुन शाह समाजसेवी हुनुहुन्छ। उहाँले वृद्धआश्रम, विद्यालय जस्ता संस्था खोलेर सेवा गर्दै आउनुभएको छ। उहाँको जन्म १९९० साल कात्तिक ११ गते काठमाडौंको सानो गौचरण, मालीगाउँमा भएको। शाहका पिताको नाम भगतबहादुर र माताको नाम इन्द्रकुमारी शाह हो। उहाँहरू दश छोरी र दुई छोरा जन्मनुभएको हो। सगुन काहिली छोरी हुनुहुन्छ।

उहाँको विवाह वरिष्ठ सञ्चारकर्मी भोग्यप्रसाद शाहसग भएको थियो। भोग्यप्रसादको निधन भएको केही वर्ष बितीसकेको छ। उहाँले खोलेका सिद्धेश्वर प्राथमिक विद्यालय, निसहाय सेवा सदन राजधानीको शान्तिनगर, मीनभवनमा छन्। शान्तिनगर नाम पनि उहाँले नै जुराउनु भएको हो। यसबाहेक उहाँ धेरै संस्थामा रहेर काम गर्दै पनि आउनुभएको छ।