संवैधानिक जनवादी पार्टी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
संवैधानिक जनवादी पार्टी (कादेतहरू) रुसमा एउटा राजनीतिक दल थियो |। कादेत पार्टी रुसका उदारवादी-राजतत्रवादी बुर्जुवावर्गको मुख्य सङ्गठन थियो। कादेत पार्टीको स्थापन अक्टुबर १९०५मा भएको थियो। यस पार्टीमा बुर्जुवावर्गका प्रतिनिधिहरू, जमीनदारहरूबाटा आएका जेम्स्तभाका अधिकारीहरू र बुद्धिजीवीहरू सम्मिलित थिए। पि.एन. मिल्यूकोभ, पि.वि स्त्रुभे, एफ.इ. रोदिचेभ आदि कादेत साम्राज्यवादी बुर्जुवावर्गको पार्टीमा परिणत भए। प्रथम विश्वयुद्ध कालमा (सन् १९१४-१९१८) कादेतहरूले जारसाही सरकारको आक्रमणकारी विदेश नैतिको समर्थन गरे। सन् १९१७को फेब्रुअरी बुर्जुवा-जनवादी क्रान्ति कालमा उनीहरूले राजतन्त्र बचाउने प्रयास गरे। बुर्जुवा अस्थायी सरकारमा नेतृत्वदायी स्थान ग्रहण गरेका कादेतहरूले सक्रिय प्रतिक्रान्तिकारी नैतिको अनशरण गर्दै थिए, अमेरिका, बेलायत र फ्रान्सका साम्राज्यवादीहरूको स्वार्थपूर्तिको लागि काम गर्द थिए। अक्टुबर समाजवादी क्रान्तिपछि कादेतहरू सोभियत सत्ताका कट्टर शत्रुहरूको रूपमा देखापरे उनीहरूले सबै जस्ता सशस्त्र प्रतिक्रान्तिकारी आन्दोलनहरूमा र विदेशी आक्रमणकारीहरूले गरेको हमलामा भाग लिएका थिए। विदेशी आक्रमकहरू तथा श्वेत सेना पराजित भएपछि विदेशमा बसेर कादेतहरूके आफ्नो सोभियत सत्ता विरोधी प्रतिक्रान्तिकारी क्रियाकलाप चालु राखे। [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. १००