संरचनापरक समालोचना प्रणाली

भाषा र साहित्यलाई संरचना मानी व्याख्या विश्लेषण गर्ने भाषाविज्ञान र भाषाशास्त्रबाट विकसित पद्धतिलाई संरचनापरक समालोचना प्रणाली भनिन्छ ।

कुनै पनि वस्तु, कृति वा विषयको संरचनामाथि केन्द्रित भई त्यसको वस्तुगत र वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने पद्धति संरचनापरक समालोचना पद्धति हो । भाषा विज्ञानमा संरचनावादी धारणा प्रवेश गराउने सर्वप्रथम व्यक्ति सस्युर हुन् । सस्युरपछि मात्र साहित्य क्षेत्रमा यस दृष्टिकोणको प्रवेश भएको पाइन्छ ।

यो वाद दोस्रो विश्वयुद्धपछि फ्रान्समा जन्मेको मानवतावाद र जाँ पाल सार्त्रको अस्तित्ववादको प्रतिक्रियाका रूपमा फ्रान्समा देखापरेको पाइन्छ । प्रसिद्ध भाषा शास्त्री सस्युरको Course in Genera/ Linguistics नामक पुस्तकमा प्रस्तुत गरिएको भाषिक चिन्तनले संरचना प्रणालीको आधारभूमि तयार पारेको देखिन्छ । सस्युरबाट प्रभावित फ्रान्सेली विद्वान् क्लड लेभाइस्ट्राउसको Structural Anthropology (१९५९) प्रकाशित भएपछि १९६० को दशकमा आफ्नो वैचारिक स्वरूप ग्रहण गरी यो प्रणाली संसारभर फैलिएको । []

प्रमुख मान्यता

सम्पादन गर्नुहोस्

वस्तुगत विश्लेषणलाई मौलिक सिद्धान्त मान्छ, भाषालाई सर्वोपरि मानी पाठका बुनोटको विश्लेषण गर्छ, कृति वा पाठलाई वैज्ञानिक संरचनायुक्त वस्तु मान्छ, कृतिविश्लेषणमा आगमनात्मक खोज पद्धतिको निर्माण गर्छ, कृतिलाई पूर्ण, जीवन्त, र स्वनिष्ठ तुल्याउने नियमको खोज गरी मूल्याङ्कन तथा विश्लेषण गर्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. शर्मा, प्रा.मोहनराज र लुइटेल, डा. खगेन्द्रप्रसाद (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्