सङ्कट व्यवस्थापन

(संकट व्यवस्थापनबाट अनुप्रेषित)

सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने त्यस्ता घटनाहरू जुन नियमितभन्दा फरक, व्यापक र भयङ्कर क्षति गर्ने गरी उपस्थित हुन्छन्, आफ्नै नियन्त्रण र काबु भन्दा बाहिर हुन्छन त्यस्ता घटनालाई सङ्कट भन्ने गरिन्छ। सङ्कटले नियमित कार्यमा अवरोध पुर्याउँछ। सङ्कटले व्यापार सञ्चालनमा बाधा पुर्‍याउँछ, मानिसहरूलाई हानी पुर्‍याउने धम्की दिन्छ, मानिसको प्रतिष्ठालाई हानी गर्दछ र सङ्गठनको आर्थिक अवस्थालाई पनि नकारात्मक प्रभाव पार्छ।[१]सङ्कट व्यवस्थापन (अङ्ग्रेजी: Crisis Management) एक प्रणालीगत दृष्टिकोण हो जसले सङ्गठनलाई असर गर्न सक्ने सङ्कटहरू रोक्नको लागि र भएका घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सम्पूर्ण संस्थालाई संलग्न गर्दछ।[२] सङ्कट व्यवस्थापन एउटा प्रक्रिया हो जसले सङ्गठन र यसका सरोकारवालाहरूलाई पुग्न सक्ने नोक्सान रोक्न वा कम गर्न तयार गरिएको हुन्छ। यो सङ्गठनमा पर्न जाने असर र प्रभावको रोकथाम गरी सङ्गठनलाई पूर्ववत् रूपमा सञ्चालन गर्न अवलम्बन गरिने व्यवस्थापकीय कार्य हो। सङ्कट आएसके पश्चात यसको व्यवस्थापन गर्नु निकै गाह्रो विषय हुन्छ तर सङ्कटलाई सिर्जना नहुँदै रोक्नु वा न्यूनीकरण गर्नु नै खासमा सङ्कट व्यवस्थापन हो।[३]

सङ्कटका कारणहरू सम्पादन गर्नुहोस्

कुनै संस्था वा सङ्गठनमा सङ्कटा आउनुमा दुइ प्रकारका कारणहरू हुन सक्छन्:

  • बाह्य कारण- वातावरणीय उपज्, अन्य सङ्गठन, राष्ट्र वा प्राकृतिक विपत्तिका कारण।
  • आन्तरिक कारण- कमजोर योजना प्रणाली, गल्तिलापर्वाहि, खराब, कार्य प्रकृया आदिका कारण।

सङ्कट व्यवस्थापनका चरणहरू सम्पादन गर्नुहोस्

निम्न चरणहरूले सङ्कटमा सम्भावित क्षति सीमित गर्न मद्दत गर्दछ[४]:

  • पूर्वानुमान:पहिलो चरण भनेको तयारी गर्नु हो। सक्रिय र एक गहन मंथन सत्र व्यवस्था गरेर सङ्गठनमा हुन सक्ने सबै सम्भावित सङ्कटहरूबाट बच्नु पर्दछ।
  • योजना तयारी र यसको परीक्षण: सङ्कट प्रतिक्रिया योजना सङ्गठनका लागि अनुकूलित हुनुपर्दछ र यसले दुबै परिचालन र सञ्चार तत्वहरू समावेश गर्नुपर्दछ। सङ्कट प्रतिक्रिया योजनामा ​​समावेश सन्देशहरू प्रभावकारी रूपमा सुनिश्चित गर्न यसलाई परीक्षण गर्नु आवश्यक छ।
  • सङ्कट सञ्चार टोलीको पहिचान: वरिष्ठ अधिकारीहरूको सानो समूहलाई संस्थाको सङ्कट सञ्चार टोलीको रूपमा सेवा गर्न पहिचान गरिनु पर्दछ। स्पष्ट प्रक्रिया सिर्जना गरिएको हुनुपर्दछ र कर्मचारीलाई सूचित गर्नुपर्दछ।
  • सूचना र अनुगमन प्रणालीको स्थापना: सङ्कट अवस्थामा सरोकारवालाहरूबाट सुझाव अनुगमनले रणनीति र कार्यनीति को रूपान्तरण गर्न मद्दत पुर्याउँछ। यसका साथै सङ्गठनसँग आन्तरिक र बाह्य सरोकारवालाहरूसँग चाँडो भन्दा चाँडो पुग्ने साधनहरू हुनुपर्दछ।
  • कुराकानी:सङ्कट व्यवस्थापनको पहिलो नियम कुराकानी गर्नु हो। प्रारम्भिक समय निकै महत्त्वपूर्ण हुन्छ र यसले सङ्कट अवधिको लागि अवस्था निर्धारण गर्दछ। आफूलाई थाहा भएको कुराले अरुलाई सचेत गराउनुपर्दछ।
  • सङ्कटपश्चातको विश्लेषण:सङ्कट पश्चातको विश्लेषण जरुरी छ। के राम्रो तरिकाले गरिएको थियो, अर्को पटक के गर्न सकिन्छ र सङ्कट प्रतिक्रिया योजना को विभिन्न तत्वहरू कसरी सुधार गर्न सकिन्छ आदी जस्ता कुराहरूको औपचारिक विश्लेषण गर्नुपर्दछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Crisis Management – How to Manage a Crisis (and Recover)" 
  2. "A BLUEPRINT FOR CRISIS MANAGEMENT" [सङ्कट व्यवस्थापनको खाका] 
  3. "सङ्कट व्यवस्थापन", कारोबार, अप्रिल २, २०१९, अन्तिम पहुँच नोभेम्बर ५,२०१९ 
  4. "7 STEPS TO CRISIS MANAGEMENT" [सङ्कट व्यवस्थापनका लागि सात चरणहरू:], जुलाई ३,२०१७, अन्तिम पहुँच नोभेम्बर ५,२०१९