श्वेतपत्र भनेको पाठकहरूलाई जटिल मुद्दाको बारेमा संक्षिप्त रूपमा जानकारी दिने र यस विषयमा जारी गर्ने निकायको दर्शन प्रस्तुत गर्ने एउटा प्रतिवेदन वा मार्गदर्शिका हो। यसले पाठकहरूलाई समस्या बुझ्न, समस्या समाधान गर्न र निर्णय लिन मद्दत गर्छ। सन् १९९० को दशकदेखि यस प्रकारको दस्तावेज व्यापार व्यवसायमा प्रचलनमा आएको थियो। आज, बिजनेस टु बिजनेस (B2B) श्वेतपत्र एक बजारीकरणको माध्यम हो , सामग्रीको एक रूप ग्राहक र साझेदारहरूलाई राजी गर्न र एक निश्चित उत्पादन वा दृष्टिकोणलाई बढावा दिने सामग्री हो। [][][]

श्वेतपत्र शब्द ब्रिटिस सरकारद्वारा सुरुवात भएको हो, जसको प्रारम्भिक उदाहरण सन् १९२२ को चर्चिल श्वेतपत्र हो।[] ब्रिटिस सरकारमा, श्वेतपत्र सामान्यतया तथाकथित निलो पुस्तकको कम व्यापक संस्करण हो, दुवै शब्दहरू कागजातको आवरणको रङबाट लिइएको हो।[]

व्यापार-देखि-व्यापार

सम्पादन गर्नुहोस्

सन् १९९० को दशकको सुरुदेखि नै "श्वेतपत्र" वा "श्वेत पत्र 'शब्दहरू व्यवसायमा बजारीकरण वा बिक्री उपकरणको रूपमा प्रयोग हुने कागजातहरूमा लागू गरिएको छ। यी श्वेतपत्रहरू निश्चित कम्पनीबाट उत्पादन वा सेवाको प्रवर्द्धन गर्न डिजाइन गरिएको लामो-सामग्री हुन्। मार्केटिङ उपकरणको रूपमा, यी कागजातहरूले कागजात प्रायोजन गर्ने कम्पनीलाई अनुकूल मामला निर्माण गर्न चयन गरिएका तथ्यहरू र तार्किक तर्कहरू प्रयोग गर्दछ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. Graham, Gordon, "What exactly is a white paper?", The White Paper FAQ, अन्तिम पहुँच १६ मार्च २०१५ 
  2. २.० २.१ Rouse, Margaret, "white paper definition", TechTarget, मूलबाट १३ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०१५ मिति
  3. Rouse, Margaret, "white paper definition", TechTarget, मूलबाट १३ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०१५ मिति
  4. James, Anthony (१७ जुन २०१७), "Origin of White Papers", Klariti.com, अन्तिम पहुँच २७ जुन २०१७