डा. वीरेन्द्र के सीको कविता


आमा


प्रियाले भन्छिन् मेरो ज्यान उनको त्यो माया जान्दछु

मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु

माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले

मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो  ठान्दछु


बाबाले जस्तो हार्दा नि साथ छोराले दिदैनन्

पत्नीले जस्तो लागेको घाउ पतिले धुदैनन्

हजारौ भिडले जितेको वेला जयजय गाय नि

आमाले जस्तो निःश्वार्थ माया दिने कोही हुदैनन्


सुखको शहर छ आकाशपारि स्वर्गको नाउमा

भनेर मानिस त्यहि पुग्न खोज्छन् ईश्वरको गाउँमा

पुगे नि त्यहाँ बादलभित्र खुशी त्यहाँ पाइन्न

खुशी त यहि मिल्दछ आमा—बाबाका पाउमा


हाँस्दा साथ हाँस्ने सबैले रुदा यी आखा छुदैनन्

मरेर जादा छोरीझै छोरा पीरमा हुदैनन्

रुन त रोलान् दाजुभाइहरु चिताछेउ एक छिन

जिवनभर सम्झी आमाको जस्तो बाबा नै रुदैनन्

"नेपाली कविता" श्रेणीमा रहेका पृष्ठहरू

कुल २ मध्ये यस श्रेणीमा २ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।