शान्ताराम (अङ्ग्रेजी: Shantaram) अस्ट्रेलियाको बैङ्क लुटेको अभियोगि तथा लागु पदार्थ सेवक लगायत जेलबाट भागेका ग्रेगोरी डेबिड रोबर्टसद्वारा लेखिएको उपन्यास हो । यसको प्रकाशन सन् २००३ मा भएको थियो । यो उपन्यासलाई बम्बईको गुमनाम जीवनको बारेमा गहिरो तबरमा लेखिएको भनि धेरैले टिप्पणी गरेका थिए । यो उपन्यास लेखकको जीवनमा घटेको सत्य घटनामा आधारित रहेको छ ।

शान्ताराम
लेखकग्रेगोरी डेबिड रोबर्टस
देशअस्ट्रेलिया
भाषाअंग्रेजी
प्रकाशकस्क्राइब्ड प्रकाशन अस्ट्रेलिया
प्रकाशित मिति
२००३
मिडियाको प्रकारमुद्रण
पृष्ठ९३६ पाना (अमेरिकि मोटोकभर संस्करण)
आइएसबिएन1-920769-00-5 (पहिलो मोटोकभर संस्करण)
OCLC223420249

मुद्रण इतिहास सम्पादन गर्नुहोस्

शुरूमा शान्ताराम उपन्यास स्क्रब प्रकाशनले मोटो गाता सहित प्रकाशन गरेको थियो भने पछि पातलो गातामा प्रकाशन गरेको थियो । सन् २००३ मा प्रकाशक तथा लेखक बिच भएको झगडा पश्चात स्क्रब प्रकाशकले आफुसंग रहेको किताबको मौज्दात समाप्त गरे पछि किताब सम्बन्धि सर्वाधिकार लेखमा फिर्ता भयो ।[१] सो पश्चात प्यान मेक्मिलनले यसको प्रकाशन अधिकार लिएका थिए । [२]

कथावस्तु सम्पादन गर्नुहोस्

सन् १९७८ मा रोबर्टलाई अस्ट्रेलियामा १९ वर्षको कैद सजाय भएको थियो । सन् १९८० मा उनी भिक्टोरिया पेनट्रिन्ज जेलबाट दिनको समयमा फरार भई पछिल्लो १० वर्षको लागि अस्ट्रेलियाको सबैभन्दा खोजिएको कैदिको रूपमा भए ।

किताबमा उल्लेख भए अनुसार रोबर्ट प्रोटागोनिस्ट लिन्डसेको नामबाट बम्बईमा नक्कली पासपोर्ट आएका थिइ । उनको न्युजिल्याण्ड तथा जर्मनीको यात्रा संगै मु्म्बई मात्र यात्राको गन्तव्य भए तापनि उनले यस शहरमा बस्ने निर्णय गरे । उनले केही समय पश्चात शहरको स्थानिय वासिन्दा प्रभाकरलाई भेटे जसलाई उने आफ्नो गाइडको रूपमा नियुक्त गरे भने पछि उनीहरू साथी बने र प्रभाकरले रोबर्टलाई लिन भन्ने नाम दिए । दुबै जना प्रभाकरको गृह गाउ सुन्दर गए जहाँ प्रभाकरका आमाले उनिहरूको जस्तै लिनलाई महाराष्ट्रन नाम दिने निर्णय गरे । उनले लिनको स्वभाव शान्त र खुसि प्रकृतिको रहेको अनुभव गरेकोले उनिले लिनलाई शान्तारामको नाम दिईन जसको अर्थ शान्तिको भगवान जस्तो मान्छे हुन्छ । मुम्बई फर्कने क्रममा उनीहरू माथि डकैति हुन्छ । लिनसँग भएको सबै पैसा लुटिए पश्चात लिन मुम्बईको सुकुमवासि वस्तिमा वस्न बाध्य हुन्छन । सुकुमबासि बस्तिमा ठूलो आगो लागे पश्चात उनले समुदायलाई सहयोग गर्नको लागि निःशुल्क हेल्थ क्लिनिक खोल्छन् । उनको त्यहाको बसाईमा उनले स्थानीय संस्कृति, परम्परा तथा समुदायमा सहयोग सदभाव लगायत उनी स्थानिय भाषा मराठी समेत सिकेका थिए । उनले समुदायको चोलेरा तथा आगोलागी विरूद्धको संघर्षको प्रत्क्षयदर्शि भएका थिए । साथै जातिय तथा बैबाहिक समस्याहरू मानिसको धेरै भिड भएको समुदायमा कसरी हल हुदो रहेछ भन्ने कुराको अनुभव समेत गरेका थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्