व्यवस्थापन लेखापरीक्षण

व्यवस्थापन लेखापरीक्षण(अङ्ग्रेजी: Management Audit) भन्नाले व्यवस्थापनले दैनिक व्यवसाय सञ्चालनको लागि लिएको निर्णय तथा कार्यहरूको विश्लेषण गरी व्यवस्थापनको कार्य सम्पादन मूल्यांकनको लागि गरिने लेखापरीक्षणलाई जनाउँदछ । व्यवस्थापन लेखापरीक्षणमा व्यवस्थापकिए कुराहरू जस्तै संस्थाको उद्देश्य, नीतिहरू, प्रक्रियाहरू, संस्थाको संरचना, नियन्त्रण तथा प्रणालीको पुनरावलोकन गरी व्यवस्थापनको मूल्यांकन गरिन्छ। यसले दुबै वित्तीय र गैर वित्तीय कारकहरूलाई मध्यनजर गरी तिनिहरूको प्रशासन र संगठनको लक्ष्यहरूमा पार्ने प्रभावलाई ध्यानमा राख्दछ। यो एक सङ्गठनको संरचना, योजना, नीतिहरू र मानव संसाधनको प्रयोगको उद्देश्य र विस्तृत परीक्षणको माध्यमबाट व्यवस्थापनको सम्पूर्ण प्रदर्शनको मूल्यांकनको एक प्रकार हो।[]


यस लेखापरीक्षणमा गैह आर्थिक कुराहरूको आधारमा लेखापरीक्षण गर्ने गरिन्छ। व्यवस्थापन लेखापरीक्षण भनेको निरीक्षण वा परिपालनाको परीक्षणमात्र होइन । यसले व्यवस्थापकीय कार्यको हालको उपलब्धि, नतिजा प्रभावकारिता तथा सो हासिल गर्नुपर्ने सुधारका बारेमा स्वतन्त्र र विशेषण रूपमा मार्गदर्शन गर्दछ र कार्य प्रगतिको अनुगमन र मूल्यांकन गर्दछ। सङ्गठनात्मक व्यवहारका दृस्टिले व्यवस्थापन परीक्षण सहभागीतामूलक नतिजामा आधारिता एवम् कर्मचारी तन्त्रीय वा प्रशासकीय व्यवस्थाभन्दा व्यवस्थापकीय अवधार्णामा आधारित हुन्छ। व्यवस्थापन लेखापरीक्षणले व्यवस्थापनका सिद्धान्त र अभ्यासहरूमा रहेका कमीहरूलाई पहिचान गरेर सम्पूर्ण प्रबन्धकीय प्रणालीमा संरचनात्मक सुधारमा मद्दत गर्दछ।[]

व्यवस्थापन लेखापरीक्षणका प्रकृया

सम्पादन गर्नुहोस्
  • उद्देश्यहरूको पहिचान्
  • उद्देश्यहरूको विभाजन्
  • सङ्गठन संरचनाको मूल्यांकन
  • कार्यको मूल्यांकन
  • सल्लह तथा सुझाव

यसका महत्त्वपूर्ण उद्देश्यहरू निम्न छन्[]:

  • उत्पादन, बिक्री, वित्त इत्यादि जस्ता विभिन्न कार्यक्षेत्रहरूमा व्यवस्थापनका कमजोरीहरू र अक्षमताको पहिचान गर्न।
  • अक्षमता वा कमजोरीहरू पार गर्न विभिन्न तरिकाहरू विश्लेषण गर्न।
  • सङ्गठन संरचनाको समीक्षा गर्न को लागि आलोचना गर्न।
  • व्यवस्थापन दक्षता सुधार गर्न र उत्तम छनौट गर्न तरिकाहरूको मूल्यांकन गर्न।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Management Audit: Concept and Scope", अन्तिम पहुँच नोभेम्बर १७, २०१९ 
  2. "Responsibility Accounting, Management Audit and Pert and CPM", अन्तिम पहुँच नोभेम्बर १८, २०१९ 
  3. "Management Audit,Objectives,Advantages,Disadvantages", अन्तिम पहुँच नोभेम्बर १८, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१० मिति