व्यवसायिक तथा सीप विकास प्रशिक्षण केन्द्र

परिचय सम्पादन गर्नुहोस्

देशको वेरोजगारी समस्यालाई महसुस गरी सीपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्दै विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिबी न्यूनिकरण गर्न ठोस योगदान पु-याई सीपयुक्त जनशक्ति उत्पादन गरी देशको बेरोजगारी समस्यालाई समाधान गर्दै गरिवी न्युनिकरणमा सहयोग पुर्याउने उद्देश्यले वि.सं. २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना भएको हो । [१]

त्यसैगरी २०३३ सालमा मकवानपुर हेटौँडामा अर्को व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना भयो । त्यस्तै २०३४ सालमा काठमाडौंमा केश कर्तन तालीम सञ्चालन गर्ने गरी प्रारम्भ भएको यस केन्द्रमा हाल आएर मुलुकको सम्पूर्ण भागमा तालीम पुर्याउने उद्धेश्यले यस अन्तर्गत १५ वटा सीप विकास तालीम केन्द्रहरु स्थापना भएका छन् ।

उदेश्यहरू सम्पादन गर्नुहोस्

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने ।
  • रोजगार केन्द्रित लगानीको माध्यमबाट रोजगारीका अवसर तथा सम्भावनाहरु उजागर गर्दै निर्धारित क्षेत्रमा निश्चित अवधिभित्र सीपयुक्त श्रमशक्ति तयार गर्ने, सीप तथा व्यावसायिक तालीमका अवसरहरु वृद्धि गरी यस्ता तालीमहरु सेवाग्राहीको निकटमै सञ्चालान गरी स्वरोजगारको अवसर सिर्जना गर्ने वातावरण तयार गर्ने ।
  • स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी न्यूनिकरण गर्न सघाउने ।
  • स्थानीय निकाय र गै.स.स.हरूको सहकार्यमा व्यावसायिक सीपमूलक तालिम सञ्चालन गर्ने ।
  • लक्षित वर्गलाई रोजगारमूलक तालीम प्रदान गरी वेरोजगारी हटाउने र आय आर्जनको दायरा बढाउने । नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्दै जाने ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि पूर्व अभिमुखिकरण तालिम सञ्चालन गर्ने, व्यावसायिक तथा सीप विकास तालीमका अवसरहरूको वृद्धि गरी त्यस्ता तालीम सेवाग्राहीको निकटमा सञ्चालन गरी स्वरोजगारीका अवसरहरूको प्रवद्र्धन गर्ने वातावरण बनाउने, रोजगारी र स्वरोजगारीका अवसरहरूको सम्भावना भएका विषय र क्षेत्रमा सीपयुक्त श्रमशक्ति तयार गर्न तालीमको सञ्चालन व्यवस्थापन गर्ने, यस केन्द्र र अन्तर्गत केन्द्रमा

तालिम दिइने विषय सम्पादन गर्नुहोस्

  • जनरल मेकानिक्स,
  • विद्युत जडान,
  • प्लम्बिङ्ग,
  • केश श्रृंगार,
  • कटाई सिलाई,
  • इलेक्ट्रोनिक्स मर्मत,
  • मोटरसाईकल मर्मत,
  • अटोमेकानिक्स,
  • कम्प्यूटर,
  • बेतबांस,
  • ढाका बुनाई,
  • वेल्डिङ्ग,
  • पम्पसेट मेकानिक्स,
  • सिकर्मी

आधारभूत (६ महिने एवं अपग्रेडिङ तालिम) सम्पादन गर्नुहोस्

व्यावसायिक तथा सिप विकास तालिम निर्देशनालयमा विगत लामो समय देखि सञ्चालन भई रहेका व्यावसायिक तथा सीप विकास आधारभूत तालिम (६ महिने) जनरल-मेकानिक्स, विद्युतजडान, प्लम्बीङ्ग, मोटरसाइकल मर्मत, अटोमेकानिक्स, सिलाई कर्टाई, वेतवाँस, इलेक्ट्रोनिक्स मर्मत, कम्प्यूटर वेल्डिङ, केशश्रृगार,पम्मसेट मेकानिक्स, केशश्रृगार अपग्रेडिङ्ग, प्लम्बिङ अपग्रेडिङ, विद्युतजडान अपग्रेडिङ्ग, आदि तालिमहरु थप विस्तारितरूपमा सञ्चालन गरिने छन्।

अल्पकालीन – सीपमूलक तालिम सम्पादन गर्नुहोस्

केशश्रृगार, कम्प्यूटर, बुटिक, इम्ब्रोइडरी, दुवोको माला र बुकी बनाउने, फेशनडिजाइनिङ, कम्प्यूटर हार्डवेयर, अचार बनाउने दालमोठ/भुजिया/आलुचिप्स, साबुन बनाउने, स्क्वास, सस बनाउने पोतेको सामान बनाउने, जाम पेन्टिङ्ग, भिडियोग्राफिक डिजाइनिङ, गुडिया बनाउने, नर्सरी व्यवस्थापन, सिलाई कर्टाई, हाते बुनाई, फोटो एडिटिङ आदि जस्ता विषयका अल्पकालिन तालिमहरु ग्रामिण समुदायका राज्यको श्रोत र साधाको उपभोगबाट बञ्चित वर्गसम्म पुर्‍याई सञ्चालन गरिदै जानेछ ।

आवासिय महिला सम्बन्धी सीपमूलक तालिम सम्पादन गर्नुहोस्

प्रत्येक आर्थिक वर्षमा करिब ६० जना महिलाको लागि विशेषतः दलित, जनजाती, पुनःस्थापित, आन्दोलनका र्घाईते तथा शहिदका परिवारलाई समावेश गरी ६/६ महिनामा १ सत्रमा ३० जना प्रशिक्षर्थीहरूलाई आवासीय सुविधा सहितको विभिन्न सीपमूलक, आयमूलक तालिमहरु सञ्चालन गरिने कार्यक्रम रहेको छ। यस अर्न्तर्गत सिलाईबुनाई, पाकशिक्षा, पेन्टीङ, साक्षरता, इम्ब्रोइडरी, मैनबत्ती, चाउचाउ आदी बनाउने तालिमहरु प्रदान गरिन्छ। मौजुदा श्रोत साधनलाई वृद्धि गरी आवसिय महिला समबन्धी तालिम दिने संख्यामा आगामी दिनमा बृद्धि गर्दै लगिने छ। यस्ता लक्षित वर्गमा महिला दिदी-बहिनीहरूलाई उल्लेखित प्रकृतिका तालिमहरूको माध्यमबाट स्वरोजगारको वातावरण सिर्जना गरी विपन्न एवं पिछडिएका महिलाहरूको आत्मनिर्भर क्षमता विकास गर्दै लगिनेछ।

वैदेशिक एवं युवा स्वरोजगार सम्बन्धी विशेष सीप विकास तालिम सम्पादन गर्नुहोस्

लक्षित वर्गहरू (विशेष गरी दलित, जनजाती, विपन्न, एवं पिछडिएका महिला, शहिदका परिवार पुन र्स्थापित, जनआन्दोलनका घाईते) को लागि प्राथमिकता दिइ विशेष सीप विकास तालिम सञ्चालन गर्दै लगिने छ। विशेषसीप अर्न्तगत -४ हप्ता देखि ६ हप्ता सम्म) कुक, वेटर, सानाहोटल व्यवस्थापन, सेल्समेन, केयर गिभर, सुरक्षागार्ड, महिला सुरक्षा गार्ड, हाउस किपिङ, नर्सरी व्यवस्थापन तिना गार्डर्ङिग, च्याउखेती उत्पादन, भेजिटेवल फार्मर्-वर्कर र उड कार्भिङ्ग जस्ता वैदेशिक एवं स्वरोजगार खालका उल्लेखित लगायत विविध खाले सम-सामयिक राष्ट्रिय/अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप थप संख्यामा तालिम सञ्चालन गर्दैलगि स्वरोजगार तथा वैदेशिक रोजगार अवसर उपलब्ध गर्राई युवा वर्गको आय-आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिनेछ।

उद्यमशिलता विकास सम्बन्धी तालिम: सम्पादन गर्नुहोस्

व्यावसायिक एवं सीपमूलक तालिम लिई स्वरोजगार (व्यवसाय) को लागि क्रियाशिल महिला दिदी बहिनी तथा युवावर्गहरूलाई लक्षित गरी उद्ययमशिलता तालिम पनि सञ्चालन गर्दै लगिने छ।

प्रस्तुत विषयक तालिमको माध्यमबाट जीवनयापनको गोरेटोमा अन्योलमा रहेका महिला दिदी, बहिनी तथा युवावर्गमा आशातित मार्गहरु प्रशस्त गर्ने कार्यमा टेवा पुर्‍याउने छ भने पेशा व्यवसायमा लागिसकेका वर्गलाई अझ उत्साहप्रदरूपमा मनोवल विकास भई पेशा व्यवसायको स्तरवृद्धिमा परिणाममुखी प्रतिफल प्राप्त हुनेछ।

पाठ्यक्रम: सम्पादन गर्नुहोस्

सञ्चालन/प्रयोजनमा आइरहेका विभिन्न खाले व्यावसायिक, सीपमूलक, वैदेशिक रोजगारमूलक तालिमका पाठ्यक्रमहरु सम-सामयिक स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप परिमार्जन गर्दै लाने तथा नयाँ परिवर्तित प्रविधि अनुरुपका आवश्यक तालिमका विषयहरुका पाठ्यक्रम समयानुकूल बनाउदै लगिने छ। सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्