विश्व भोकमरी सूचकाङ्क

विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गरिने प्रतिवेदनमा देखाइन्छ।[१] [२]

सन् २०२० मा विश्व भोकमरी सूचकाङ्क

सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को प्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन् झन् खराब हुँदै गइरहेको छ।

सूचकाङ्कको गणना सम्पादन गर्नुहोस्

विश्व भोकमरीको सूचक अङ्क ० र १०० को बीचमा हुन्छ। यो अङ्क जति कम भयो त्यति नै भोकमरी कम रहेको जनाउँछ। यसलाई तलको तालिकाले अझ स्पष्ट पार्छ: [३]

स्तर मान
कम ९.९
मध्यम १०.०-१९.९
गम्भीर २०.०-३४.९.
डरलाग्दो ३५.०-४९.९
अत्यन्तै डरलाग्दा ≥५०.०

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. 2019 GHI: Chapter 1
  2. Global Hunger Index. "Global Hunger Index and the Paradox of Hunger". Human Rights & the Global Economy eJournal. Social Science Research Network (SSRN).
  3. von Grebmer, Klaus; Bernstein, Jill; Hossain, Naomi; Brown, Tracy; Prasai, Nilam; Yohannes, Yisehac; Patterson, Fraser; Sonntag, Andrea; Zimmermann, Sophia-Marie; Towey, Olive; and Foley, Connell. 2017. 2017 "Global Hunger Index: The inequalities of hunger: Synopsis". Washington, D.C.; Bonn; and Dublin: International Food Policy Research Institute, Welthungerhilfe, and Concern Worldwide.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्