डा. विश्वबन्धु बगाले नेपालको स्वास्थ्य क्षेत्रका सर्जक हुन्। उनी बालरोग विशेषज्ञ हुन्[१] र स्वास्थ्यसम्बन्धी र स्वास्थ्य क्षेत्रमा भएको गतिविधिको जर्नलहरू लेख्ने र आवाज उठाउने गर्छन्।[२] उनले डक्टर्स फर चेन्ज नामक समुहको अध्यक्ष भै त्रिभुवन विश्वविद्यालयको हस्तक्षेपको विरोध गरेका थिए।[३] उनी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका अध्यक्ष रहेका थिए। [४] उनी भरतपुर अस्पतालमा कार्यरत छन् र सरकारी चिकित्सक सङ्घका उपाध्यक्ष हुन्।[५] उनले विक्रम सम्बत २०५३ सालमा प्रवेशिका परीक्षामा सर्वप्रथम अङ्क ल्याएका अर्थात् उनी एस.एल.एसी. बोर्ड टप हुन्।[६]

स्रोतहरू सम्पादन गर्नुहोस्