जापानमा आवाज अभिनय एक उद्योगको रूपमा स्थापित छ। यहाँका कलाकारहरूले पात्रहरू वा कथावाचकहरूको रूपमा भोईस-ओभर प्रदान गर्दछन्। जहाँ एनिमे, भिडियो गेमहरू, अडियो नाटकहरू, विज्ञापनहरू, गैर-जापानी चलचित्रहरू र टेलिभिजन कार्यक्रमहरूका लागि आवाज लिप्यन्तरण समावेश छन्।

स्टुडियोमा आवाज अभिनयको भोइस रेकर्ड गर्दै गरेको दृश्य

जापानमा आवाज अभिनेता र अभिनेत्रीको एकदमै लोकप्रियता छ। प्रशसंक कल्बहरूमा यस क्षेत्रमा लोकप्रिय रहेका कलाकारहरूलाई आदर्श मान्ने गरेको पाइन्छ र केही प्रशंसकहरू एक पटक आवाज अभिनेतालाई सुन्न मात्र एउटा पुरै कार्यक्रम हेर्ने गरेका छन्।[१] प्राय जसो आवाज अभिनेताहरू गायन क्षेत्र र प्रत्यक्ष चलयमान मिडियामा लागेका छन्।[२]

जापानमा करिब १३० वटा आवाज अभिनय विद्यालयहरू छन्।[३] प्रसारण कम्पनीहरू र प्रतिभा एजेन्सीहरूको प्राय आफ्नै आवाज अभिनेताहरू हुन्छन्। विशेष रूपमा आवाज अभिनयमानै केन्द्रित पत्रिकाहरू जापानमा प्रकाशित हुन्छन्। यसमध्ये 'भोइस एनिमेज' सबैभन्दा जेठो चलनचल्तीको पत्रिका हो।

परिभाषा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Poitras, Gilles (२००१), Anime Essentials: Every Thing a Fan Needs to Know, Berkeley, California, USA: Stone Bridge Press, पृ: ९०, आइएसबिएन 1-880656-53-1 
  2. "Short anime glossary [Краткий анимешно-русский разговорник]", anime*magazine (रुसीमा) (3): ३६, २००४, आइएसएसएन 1810-8644 
  3. Terumitsu Otsu and Mary Kennard (अप्रिल २७, २००२), "The art of voice acting", The Daily Yomiuri, पृ: ११।