एकदिवसीय अन्तर्राष्ट्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) (ODI) क्रिकेटको एउटा स्वरूप हो । जसमा दुई क्रिकेट टिमको बिचमा प्रत्येक टिमले ५० ओभरको खेल खेल्दछ । क्रिकेट विश्वकप यसै ढाँचा अनुसार खेल्ने गरिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय म्याचलाई लिमिटेड ओभर इन्टरनेसनल क्रिकेट पनि भन्ने गरिन्छ किनकी दुवै टिमको बीच सिमित ओभरको क्रिकेट म्याच खेल्ने गरिन्छ । यदि म्याचको बिचमा कुनै समस्या आइपरेमा महत्त्वपूर्ण एकदिवसीय अन्तर्राष्ट्रिय म्याच तथा घरेलू म्याचहरु प्राय:जसो दुइ दिनको समय राख्ने गरिन्छ जसले गर्दा म्याचको नतिजा आउन सकोस । यदि म्याच बिना कुनै बल खेलिकन वर्षाले प्रभावित भयो भने विशेष रूपमा अर्को दिन म्याच खेलाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय एकदिवसीय खेलको विकास २०औ शताब्दीको अन्तमा भएको हो । पहिलो एकदिवसीय म्याच मेलबोर्न क्रिकेट ग्राउण्डमा ५ जनवरी १९७१ को दिन अस्ट्रेलिया र इङ्गल्याण्डको बीचमा खेलिएको थियो । जब तेश्रो टेस्ट म्याचको पहिलो तीन दिन पानीले गर्दा खेल हुन सकेन त्यति खेर खेल अम्पायर तथा रेफ्रीले म्याचलाई समाप्त गर्ने निर्णय गर्यो र यस म्याचको स्थानमा ६ बल प्रति ओभर संगै प्रत्येक टिम ४० ओभरको एकदिवसीय म्याच गर्ने निर्णय गर्यो । यस प्रकार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको जन्म भयो । अस्ट्रेलियाले यो म्याच ५ विकेटले जितेर इतिहास बनायो ।[१]
१९७० दशकको अन्तमा क्यारी प्याकरले वर्ल्ड सिरिज क्रिकेट (WSC) प्रतियोगिताको सुरुवात गरे र यसमा आधुनिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कयौं सुबिधाहरु थप गरी आयोजना गरियो । खेलाडीले रङ्गीन जर्सी, फलड लाईटमा सेतो बल तथा कालो साइट स्क्रीन संगै म्याचको आयोजन गरियो । यस खेललाई अझै आधुनिक बनाउन टेलिविजन प्रसारणको लागि क्यामराको प्रयोग, पिचमाथि खेलने खेलाडीहरूको आवाज सुन्नको लागि माइक्रोफोन तथा अन स्क्रीन ग्राफिक्स शामिल थियो । रङ्गीन जर्सीमा खेलिएको पहिलो म्याच सन् १९७९ जनवरी १७ मा मेलबोर्नको भिक्टोरिया क्रिकेट ग्राउण्डमा खेलिएको थियो ।
नियम सम्पादन गर्नुहोस्
पावारप्ले सम्पादन गर्नुहोस्
परीक्षण नियम सम्पादन गर्नुहोस्
एकदिवसीय दर्जा प्राप्त टिमहरु सम्पादन गर्नुहोस्
एकदिवसीय अन्तर्राष्ट्रिय रेकर्ड सम्पादन गर्नुहोस्
नेपालका मेहबुब आलम एक दिवसीय अन्तर्राष्ट्रिय म्याचमा १०नै विकेट लिने पहिलो खेलाडी रहेका छन ।
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ England in India 2011-12: MS Dhoni says it will be tricky adjusting to the new playing conditions | Cricket News | India v England. ESPN Cricinfo. Retrieved on 2013-12-23.