"ललितपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३५:
 
== इतिहास ==
[[काठमाडौँ]] [[उपत्यका]]को प्रसिद्ध तीन शहरहरू मध्ये ललितपुर सवभन्दा पुरानो [[शहर]] मानिन्छ। यस [[शहर]]लाई प्राचीन कालदेखि हालसम्म [[समय]] अनुसार विभिन्न नामले चिनिदै आएको छ। जस्तै [[यल]], युपग्राम, ललितपत्तन, ललितपुरी, मानिङ्गल, [[ललितपुर उपमहानगरपालिका|पाटन]] आदी। साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर [[शहर]] किरातकालमा नै स्थापना भैसकेको थियो। उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम "[[यल]]" पहिलो किराती [[राजा]] [[यलम्वर]]को नामबाट राखिएको हो। जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर [[शहर]] र किराँतहरूको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ। क्वालखु स्थित पट्को डोँ (किरात [[दरवार]] -), ८०० किराती मारिएको ठाउँ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरूकिरातीहरू वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी [[मन्दिर]]को परिसरमा रहेका [[देवता]]हरू, तिखिदेवल स्थित शिवजीको [[मन्दिर]] आदिले किराँत र ललितपुरको प्राचीन सम्वन्ध थियो भन्ने प्रष्ट हुन्छ।
 
यस [[शहर]]को प्राचीनताको बारेमा प्रमाणित रूपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरूको अभाव छ। तर केही [[वंशावली]]हरूले [[भारत]]का मौर्य सम्राट अशोकर् इ.पू. २५० तिर [[काठमाडौँ]] [[उपत्यका]]को भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन। हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरू रहेका छन। जुन अशोक स्तुपको नामले प्रख्यात छ।