"पारिजात (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
 
==राजनीतिक यात्रा==
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्धव्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम 'राल्फा' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात लिइन्थ्यो। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा जहाँजहाँ उराल्दै हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर त्यहाँ-त्यहाँ पनि लिएर गईन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।
 
उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गईन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा [[नेपाल कम्युनिष्ट पार्टी]] चौथो महाधिवेशनको सदस्यता लिइन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै [[अखिल नेपाल महिला सङ्घ]]को अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भइन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो।