"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
 
त्यसको जिम्मेवारी [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]लाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिक हरूको साथमा फाइदा उठाई काका [[रणोद्दीपरणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा|जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो । जंगबहादुरको छोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरूको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ ।<ref name=":1">सामान्य ज्ञान : भिम राना जिज्ञासु</ref>
 
== पृष्ठभूमि ==
पङ्क्ति २७:
 
=== रणोद्दीप सिंहको हत्या ===
त्यहाँ उनको सुरक्षाको लागि [[बिजुली गारत]] सैन्य टुकुडी थियो। कार्तिक १५ गते राती ८ बजे वीर शमशेर, [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग शमशेर]], [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]] र [[भिमभीम शमशेर जङ्गबहादुर राणा|भिम शमशेर]] सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे | र भित्र गएर " पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए । रणोद्दीप सिंहको मृत्यु भयो । मनोहरा दरबारमा जगतजंग राणाको हत्या गरियो ।
 
सैनिक विद्रोह गरी श्री ३ रणोद्दीप सिंहको हत्या गराई [[बाग दरबार|बागदरबार]] पुगेपछि वीर शमशेरले आफ्नो मातहतका ‘चार रेजिमेन्ट’ सेनाका जवानलाई हातहतियार समेतले लैस गराई बागदरबारलाई चारैतर्फबाट घेर्न लगाई ‘भीमसेनस्तम्भ’ धरहराबाट विगुल फुक्न लगाए । भारदारहरू जङ्गी, निजामती सबै धमाधम आई बागदरबार भित्र पस्न थाले, तर बाहिर निस्कन नपाएबाट धेरैले ‘[[कोत पर्व|कोतपर्व]]’को स्मरण गर्न थाले । वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाहरूका छोरा, भतिजाहरूलाई पक्री ल्याउन अह्राए ।
पङ्क्ति ३९:
जगतजङ्ग राणाका छोरा द.क.ज. युद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल) आफ्नो थापाथलीस्थित दरबार (हाल थापाथली नेपाल राष्ट्र बैङ्क सिंह महल)बाट विद्रोहको सूचना पाई ‘ब्रिटिस रेजिडेन्सी–लैन’ (लैनचौर ) मा शरण लिन पुगिसकेका थिए । त्यहाँ अरू शरण लिन पुगेका काकाहरू पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग, हरूले खाली हात आएपछि केले जीविका चलाउने भनेकाले फेरि आफ्नो थापाथली दरबार फर्के । त्यहाँबाट डोकोमा आफ्नो भएको चल सम्पत्ति (रुपैयाँ, जवाहरात, सुन) इत्यादि राखी छोप–छाप पारी नाम्लो लगाई सो डोको बोकी, सुरुवाल फुकाली पटुका बेरी, भोटोमाथि इस्टकोट मात्र लगाई भरियाझैँ नचिनिने बनी फेरि ब्रिटिस–रेजिडेन्सीतर्फ जान लाग्दा (हाल थापाथली माइतीघरबाट आर्मी हेडक्वार्टरतर्फ जाने बाटोको मोडमै ‘टुकुचाको पुल’ जो हाल पनि छँदै छ) सो काठको पुल पुग्नुअगावै युद्धप्रतापजंगले हाल–आर्मी हेडक्वार्टरतर्फबाट गारत आएको देखी उनी सो पुलमुनि लुक्न पुगे ।
 
गारतका जवानहरूले युद्धप्रतापजंग लुकेको देखी पक्रे । पहिले त युद्धप्रतापजंगलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. [[सुरेन्द्र विक्रम शाह|श्री ५ महाराजाधिराज सुरेन्द्र]]की जेठी शाहज्यादी तर्फका नाति, स्व. [[जंगबहादुरजङ्गबहादुर राणा|श्री ३ महाराज जंगबहादुर]]का छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा , जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनेर निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर ललितमानसिंह बस्नेतले हत्याए । यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो ।
 
हत्या हुँदा युद्धप्रतापजंग राणाजीको उमेर जम्मा बीस वर्षको थियो । उनको जन्म वि.सं. १९२२ मंसिर ७ गते भएको थियो । <ref>पुर्णिमा पुर्णाक ९३ वर्ष २४ अङ्क १ संशोधन मण्डल सम्पादक महेशराज पन्त , दिनेशराज पन्त </ref>
पङ्क्ति ६४:
== यो पनि हेर्नुहोस् ==
 
* [[नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू|नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरु]]
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित