"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ))
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
'''रोपाईं जात्रा''' [[आषाढ|असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछि मनाइन्छ । यो [[नेवार जाति|नेवार]] संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा [[रोपाईं]]मा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।
==रोपाईं जात्रा मनाउने तरिका==
रोपाईं जात्रालाई [[कर्णाली अञ्चल]]का जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुसार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर [[जुम्ला जिल्ला]]मा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जसको घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ । चोपाइ गराउने व्यक्तीले आफ्नो [[खेत]]को रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाईं जात्रामा पुल्तीको ठुलो महत्त्व हुन्छ । खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछि तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछि पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागि नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।
 
==यो पनि हेर्नुहोस्==
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
 
==बाह्य लिङ्कहरू==
 
 
[[श्रेणी:संस्कृति]]
१६,१६४

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/973664" बाट अनुप्रेषित